इण्डोनेशियाको तटीय शहर पालुस्थित एउटा होटल र किनमेल केन्द्रको भग्नावशेषभित्र फसेका दर्जनौँ मानिससम्म पुग्न उद्धार टोलीहरू प्रयासरत छन्।

सुलावेसी टापुमा शुक्रवार शक्तिशाली भूकम्पपछि आएको सुनामीले पालुको ठूलो हिस्सामा क्षति पुर्‍याएको छ।

अहिलेसम्म कम्तीमा आठ सयजनाको ज्यान गएको पुष्टि भएको छ र अधिकारीहरूले मृतकहरूको अन्तिम सङ्ख्या हजारौँ हुन सक्ने चेतावनी दिएका छन्।

स्थानीय सञ्चारमाध्यममा आएका विवरण अनुसार सो ८० तले होटलको भग्नावशेषबाट मानिसहरूले गुहार मागिरहेको सुन्न सकिन्छ।
सो किनमेल केन्द्रको भग्नावशेषभित्र पनि मोबाइल फोनका सङ्केत प्राप्त भएको पनि जनाइएको छ। पालुमा उद्धारकर्मीहरूले भग्नावशेषभित्र जीवितै रहेका हुन सक्ने मानिसलाई खोज्न हातैले खनिरहेका छन् र भग्नावशेष हटाइरहेका छन्।

श्रोत बिबिसी

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय