शेर्पा किदुग गल्फ प्रतियोगिता-२०१८ को प्रथम उपाधि तेन्जिङ धिङ्गाङले प्राप्त गरेका छन् । शेर्पा किदुग अमेरिकाले वार्षिक रुपमा आयोजना गर्दै आएको गल्फ प्रतियोगिता जून् १६ का दिन सम्पन्न भएको थियो । ब्रुकलिनको मारिन गल्फ कोर्समा आयोजित उक्त प्रतियोगिताको जम्मा छ समुहले भाग लिएका थिए ।
यस वर्षको दोस्रो स्थान ङवाङ रिजिनले ओगटेका छन् भने तेस्रोमा भर्मन्टका ल्हाक्पा लामा परेका छन् ।
लाङ्गेस्ट ड्राइभ (high HCP) को उपाधी सोनाम ग्याछो पाए भने क्लोजेस्ट टु पिन (high HCP) ङवाङ रिङ्जिनले उछिनेका छन् । लाङ्गेस्ट ड्राइभ (low HCP) फुर्वा ग्याल्जेन शेर्पाले हात पारे भने क्लोजेस्ट टुटुल्को पिन (low HCP) भर्मन्टको ल्हाक्पा लामाकै भागमा पर्न गयो ।
बेस्ट नेट स्कोरमा दुई जनाको नाम आयो आङ छिरिङ् शेर्पा र दावा लामा भर्मन्ट दुबै जनाको नाम बेस्ट नेट स्कोरमा दर्ता हुन पुग्यो ।
बिहान नौ बजेबाट सुरु भएको खेल बेलुकीको डिनर पछि मात्र समापन भएको थियो । प्रतियोगितामा बिजयी खेलाडीहरुलाई शेर्पा किदुगको अध्यक्ष उर्गेन शेर्पाले शील्ड तथा ट्रफी प्रदान गरेका थिए । शेर्पा किदुगका गल्फ ब्यवस्थापक ल्हाक्पा रिन्जी शेर्पाद्वारा संचालित कार्यक्रममा किदुगका खेलकुद संयोजक फुर्बा शेर्पाले विजयी खेलाडीहरुलाई खातक लगाई बधाई ज्ञापन गरेका थिए ।
सन २००७ मा गल्फ प्रेमी शेर्पाहरुको पहलमा शुरु भएको यो प्रतियोगिता नेपाली, तिब्बती र भुटानी मूलका खेलाडीहरु माझ सर्वाधिक लोकप्रिय प्रतियोगिता भएको ल्हाक्पा रिन्जी शेर्पाले बताए ।
प्रतियोगितामा न्युयोर्क, न्यु जेर्सी लगायत वेष्टचेष्टर, कनेक्टिकट र भर्मान्टबाट खेलाडीहरु सहभागी भएका थिए ।





