काठमाडौ ,अरु मौसमको तुलनामा बर्षा मौसमको समयमा वातावरणमा बढी ओसिलो हुने हुनाले ब्याक्टेरियाहरुको संख्या तिब्र रुपमा बढीरहेको हुन्छ । यो मौसममा ब्याक्टेरियाहरुले मानिसलाई पनि बढी नै प्रभाव पार्ने गर्छ । बर्षा मौसममा छालाजन्य समस्याहरुको संख्या बढी नै हुने देखिन्छ । त्यसैले बर्षा मौसममा थोरै पनि लापर्वाही गरेको खण्डमा छालामा धेरै किसिमका समस्याहरु देखिन सक्छ ।

लापर्वाही नगरौं बर्षाको पानीमा भिजे पछि शरीर राम्ररी पुछेन वा भिजेको कपडालाई फेरेन भने छालामा संक्रमण देखापर्छ । त्यसैले जतिसक्दो चाडो बर्षामा भिजेको लुगालाई फेरेर सुख्खा रुमालले शरीर पुच्छु भनेको संक्रमणवाट बच्ने मुख्य उपाय हो ।

बढी ख्याल गरौं बर्षामा बाहिरी काम गर्नेहरुले आफुलाई सकभर भिज्नवाट रोक्नु राम्रो हो भने यदी भिजेको खण्डमा शरीरलाई चाडो भन्दा चाडो सुख्खा राख्ने उपाय गर्नुपर्छ ।

खुट्टाको संक्रमण बर्षामा जुत्ता वा चम्पल लगाएको अवस्थामा पानीमा भिज्यो भने खुट्टाको औंलाको कापमा टिनिया पोडिस वा एथलिट्स फुट नाम ढुसि पैदा गर्ने ब्याक्टेरियाको संक्रमण हुन्छ । यो हुदाँ चिलाउनुका साथै पोल्ने, छाला च्यातिने र फोका उठ्ने समस्या पनि देखा पर्छ । यो समस्या खुट्टाको औंलाको विचको भागमा बढी देखिने गर्छ ।

एक्जिमा छालामा देखिने बिभिन्न चिलाउने समस्याहरुमा एक्जिमा पनि हो । यो समस्या हुदाँ छाला रातो भएर स–साना दानाहरु खटिराको रुपमा देखापर्छ । बर्षा मौसममा यो समस्या शरीरको जुनसुकै अंगमा पनि देखापर्न सक्छ ।त्यसैले बर्षाको पानीमा भिजेपछि एन्टि ब्याक्टेरियल साबुनले छालाको सफाई गर्नु पर्छ भने भिजेको कपडालाई तत्काल परिवर्तन पनि गर्नुपर्छ । बर्षामा छालामा कुनै किसिमको समस्या देखिएमा आफैं उपचार गर्नुभन्दा छालाको चिकित्सकसंग सल्लाह गर्नु राम्रो पनि हुन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय