शेर्पा जातिको जन्म संस्कार
शेर्पा समुदायमा नवजात शिसुको जन्मलाई खुसियालीको रुपमा लिइन्छ । बच्चाजन्मेको तीन देखि सात दिन भित्र राम्रो साईत हेराई लामा पुरोहीत बोलाई नयाँ बच्चाको नामाकरण र सुत्केरी चोख्याउने कार्य गरिन्छ । बच्चाको नामाकरण साधरणतया शेर्पा भाषाका बारहरूको नामको आधारमा गरिन्छ जस्तो ङिमा, दावा, मिङमार, ल्हाक्पा, फुर्वा, पासाङ र पेम्बा । यसले गर्दा बहुसंख्यक शेर्पा पुरुष र नारीको नाम एक आपसमा मिल्छ । न्वारन गरिने बच्चाको अघिल्लो दाज्यु वा दिदीको अल्पायुमा मृत्यु भएको रहेछ भने सो बच्चाको नाम शेर्पा नाम सँग नमिल्ने गरी राख्ने चलन छ जस्तै कामे, सार्की, दोमे आदि । नानीको न्वारानमा आफ्ना नातागोता, साथी र छिमेकीहरू जम्मा गरी भोज खुवाउने चलन छ । नानीको न्वारानमा आएकाहरूले पनि नानीको लागी कोसेली वा खाममा केही रकम राखी बच्चाको हातमा दिई मुख हेर्ने र बच्चा तथा बच्चाको आमा बाबुलाई खाता लगाई दिने चलन छ । शेर्पा समाजमा जन्म दिन मनाउने चलन छैन । गाउँघर तिर न्वारान गर्दा लामो रुखको बिरुवा ल्याई सो रुखमा ध्वजा टाँगी छोरा भए घरको मुल ढोकाको दायाँ तिर र छोरी भए बायाँतिर गाडने चलन छ, यसलाई गोतर भनिन्छ ।
शेर्पा जातिको बिबाह संस्कार
शेर्पाहरूको महत्वपूर्ण संस्कारहरू मध्ये विवाह संस्कार पनि एक हो । यस जातिमा मागी विवाहको वढी प्रभाव रहने भए ता पनि प्रम विवाहको पनि छिटफुट चलन छ । आफ्नो मौलिक परम्पराअनुसार प्रायः विवाहित छोरीको सन्तान माइता मै हुर्कने पुरानो चलन भएकोले होला शेर्पा समुदायमा मामाको महत्व निकै उच्च पाइन्छ । मामाको छोरालाई पनि मामा र नातीलाई समेत मामा नै भन्ने र मामाको छोरीलाई क्ष्यामा (सानीआमा) अर्थात आमा समान मान्ने प्रचलन छ । यसरी आमा वा बुबा दुबै पट्टी सात पुस्ता सम्म सम्दी लगाउन हुन्न भन्ने मान्यता अद्यावाधी विद्यामान छ । त्यस्तै विविध “रु” अथवा “थर” हरूको आधारमा कुटुम्भ र स्वाँगेभाई छुट्टयाउने विशेषता यो समुदायको विवाहवारीमा अर्को संवेदनशील तथा अति महत्वपूर्ण पक्ष मानिन्छ । जस्तै “लामा र च्यावा” हुनेको अन्य जुनसुकै “रु” सँग विहेवारी चल्छ भने “पिनाशा, गर्जा, गोले, टाक्तोक, खापा” आदी प्रकारको “रु” हरू बीच एक–आपासमा स्वाँगेभाई अर्थात विवाह नचल्ने र “सलाका, गोपर्मा, खम्बचे” आदी बीच समेत चेली माइती अर्थात विहेवारी नचल्ने कठोर परम्परागत नीति (नियम) भएकाले पनि यो जातिको विवाह संस्कार अलि जटिल र रोचक मानिन्छ । गाँउबाट शहर र शहरबाट प्रदेश बसाँइ सरेर जाने क्रममा सामान्य परिवर्तन हुन थाले पनि मूलभुत रुपमा सात पुस्ते मान्यता “रु” र टिज्याङ लोङज्याङ देम्ज्याङ र पेज्याङ लगायतका विधि आदीलाई विधिवत रुपमा पूरा गर्नै पर्ने मान्यता रहेको पाइन्छ ।
शेर्पा जातिको विवाहमा पुराउनुपर्ने विधिहरूः–
सबभन्दा पहिले केटा र केटीको उमेर हेर्ने, उनिहरूको जन्म बर्ष (लोर्ता) को आधारमा जोखना हेराई उनिहरूको दाम्पत्य जिवन राम्रो हुन्छ वा हुत्र भत्रे हेरीन्छ । सबैकुरा ठीक भएमा सगुन लिएर केटी माग्न आउँछौ भनी केटीको माईतमा खबर पठाईन्छ । यस प्रकृया लाई “ठिज्यङ” भनिन्छ । केटीको माईतबाट सकरात्मक जवाफ आएमा राम्रो साईत हेरी फेमार (सातु र नौनी घ्यू मिसाएर बनाएको), छ्याङ र खाता लिएर केटीको माईतमा गएर केटी माग्ने चलन छ । यसलाई “लोङज्यङ” भनिन्छ । केटा र केटीको बिबाह कहिले गर्ने, जन्ति कति आउने भनी केटाको तर्फबाट सोध्न जानेलाई “पेज्यङ” भनिन्छ । यसमा पनि छ्याङ र खाता कोसेली लिएर जानु पर्छ । दुवैपक्षको सहमतीबाट बिबाहको मिति तोकिएपछि बिबाहको तयारी सुरु गरिन्छ । बिबाहको समयमा खुवाउने छ्याङ को लागी केही अत्र वा नगद रुपैया केटाको तर्फबाट केटीको माइतमा जिम्मा लगाउने चलन छ । यसलाई छ्यावी भनिन्छ । बिबाहको मिति तोकिएपछि सबभन्दा पहिले बिबाहको कार्यव्रmमको जानकारी सहित आफ्नो नातेदारहरू, हितैषीहरू र साथीहरू लाई बिबाहको कार्यक्रममा सरीक हुन निमन्त्रणा “देन्ज्यङ” पठाउने काम हुन्छ ।
जन्तीजाने दिन बिहानै लामा पुरोहीत द्वारा गृहशान्ती र परिवारको सुखद भविष्य को लागी कुलदेवता र जन्तीमा लाने धर्म चव्रm “सिपखोलु” को पुजा गरिन्छ । सिपाखोलु लाई केटीको माइतिको दिशातिर मुख फर्काई राखिन्छ र जन्ती जाने समयमा सब भन्दा अगाडी लगाईन्छ । जन्ती दुलहीको माइतमा पुगेपछि सिपाखोलु लाई दुलहाको घरतर्फ मुख फर्काई राखिन्छ । जन्ती जाने समयमा दुलहालाई परम्परागत मंगोलियन पोशाक पहेलो खोचेन को बखु रातो जालीदार टोपी लगाई काँधमा पाँच रङ्गे कपडाको “दत्तर” र हातमा “फुम्बा” (कलश) बोकि प्रस्थान गर्नु पर्दछ । घर बाट जन्ती प्रस्थान गर्ने समयमा आँगनमा दुध् वा दही, छ्याङ र खप्सेहरू सगुन स्वरुप राखिन्छ । यसलाई “सुजर्यङ” भनिन्छ । यस्ता सगुनहरू प्रायः गरी दुलहाको बिबाहीत दिदीबहिनीहरूले राखने चलन पनि छ । यसरी सगुन थापे बापतमा दिदी बहिनीहरूलाई दुलहाले उपहार दिने चलन छ । जन्ती प्रस्थान देखी दुलही भित्राउने समय सम्मको लागी दुलहाको साथी साथमा रहने चलन छ । उक्त साथीलाई “क्याल्मी” भनिन्छ । यस्तै दुलहीको पनि क्याल्मी राख्ने चलन छ । जन्ति प्रस्थान गरिने समयमा जन्तिमा जानेहरू सबैलाई चिनाउन निधारको बिचमा टिका लगाउने चलन छ । जन्ती आउने दिन बिहानै दुलहीको माईतमा पनि धर्मगुरु “लामा” बोलाइ सुख शान्तीको पुजा गरिन्छ र दुलहीका माइत तर्फका नातेदारहरू, छरछिमेकीहरू भेला भै जन्तीको स्वागतको तयारी गरिन्छ । जन्ती आईपुग्ने समयमा दुध वा दही, छ्याङ र खप्से सगुन राखी जन्तीको स्वागत सत्कार गरिन्छ । जन्तीहरूलाई तयार गरिएको स्थानमा राखिन्छ । दुलहाको लागी छुट्टै बस्ने स्थान राखेको हुन्छ । जन्तीहरू बसिसकेपछि दुलहीको आमा र बाबु आई सबै जन्तीलाई छ्याङ र अन्य पेयपदार्थ खुवाउदै परिचय आदान प्रदान गर्ने कार्य हुन्छ । यो कार्यव्रmम सकिएपछि दुलहाको पोशाक फेर्ने कार्य हुन्छ यसलाई “सील्ज्याङ” भनिन्छ । यस पछि दुलहीको माईतीहरूलाई दुलहाको तर्फबाट कोसेली राख्ने कार्य हुन्छ । कोसेलिमा फेमार, छ्याङ र खाता राखिन्छ । यस पछि दुलहीलाई सिँगारेर ल्याई दुलाहको छेउमा बायाँ पट्टी बसालिन्छ । बेहुला र बेहुलीलाई पुजामण्डपको अगाडी स्वास्तिक चिन्ह बनाएको आसनमा राखिन्छ । दुलही बसेपछि दुलहाले ल्याएको कलश फुम्बा दुलहीलाई दिइन्छ । यस पछि दुलहा र दुलहीको घर र माइतीको तर्फबाट आप्mनो छोरा र छोरी एक अर्कालाई सुम्पिएको घोषणा गर्दछन यस कृयालाई “मोला” भनिन्छ । मोलामा दुलाह र दुलही दुवैको बंसावली, तीनपुस्ते नाम र थर समेत खुलाई आजको दिन देखी बिबाहसुत्रमा बाँधिएको घोषणा गरिन्छ । यसपछि लामाबाट दुलहा र दुलही दुवै जनालाई शीरमा नौनि घ्यूको टिका लगाउदै आर्शीबाद दिइन्छ । यसपछि दुलहाले पहिले आफुले ३ पटक निधारमा सिन्दुर लगाई ३ पल्ट दुलहीको निधारमा लगाइन्छ । यस पछि दुलहाले दुलहीको माईतीका मान्यजनहरूलाई र दुलहीले आफ्नो ससुराली मान्यजनहरूलाई “याङजी” गर्दै ढोगेर आशीर्बाद लिइन्छ । दुलाहा र दुलहीको टिकाटालो हुनासाथ जन्तीहरू चौँरीको पुच्छर र तरवार हातमा लिई झ्याम्टाको तालमा गीत गाउदै “एहोक एहोक.” भन्दै नाच्न थाल्छन, यस नाँचलाई “सिली नाँच” भनिन्छ । भने कोहि गीत गाएर शेर्पा श्यब्रु पनि नाँचिन्छ । दुलहीको बिदाईको समयमा दुलहीको माईतीको तर्फबाट सबैलाई खाता लगाई जन्तिलाई बिदाई गरिन्छ । यसरी बिबाह सम्पन्न भएपछि जन्तीहरू दुलहीलाई लिएर दुलहाको घरमा फर्किन्छ र दुलहीको स्वागतको लागी नाँच गान गरिन्छ यसलाई “टशिसोलुप” भनिन्छ । बिबाह भएको केही दिन पछि दुलहा दुलहीलाई लिएर ससुरालीमा फर्किन्छ यसलाई “कर्म लोउ” भनिन्छ ।
शेर्पा जातिको मृत्य संस्कार
शेर्पा समुदायमा मृत्यू संस्कार बौद्धधर्म ञीङमपा सम्प्रदायको कर्मकाण्ड अनुसार सम्पत्र गरिन्छ । जस अनुसार कसैको मृत्यू हुन साथ सर्वप्रथम मृतकको सिरानिको छेउमा धूप र छ्योमीन बाल्नु पर्दछ । लामा धर्मगुरुहरू बोलाई धार्मिक विधिअनुसार पाठपुजा गर्नु पर्दछ । ठुला ठूला लामाहरू बाट “फोवा” हाल्नु पर्दछ । लासलाई धार्मिक विधि अनुसार “ठु” ( पवित्र पानी) हालेको पानीले नुहाई सेतो कपडाले बेह्री सिङारिएको ठाउँमा राखीन्छ । लामा बाट लास संस्कार गर्ने साईत हेराएर ३ दिन देखी १ हप्ता सम्म घरमा नै वा आफ्नो घर नभएमा मृत्यू संस्कार गर्ने सुबिधा भएका सार्वजनीक गुम्बाहरूमा राखी दिन् रात पुजा गरिन्छ । शेर्पा समाजमा कसैको मृत्यू भएमा मृतकको नाताहरू धुप, र छोव (प्रसाद) लिएर जाने प्रचलन छ । लास संस्कार गरिने दिन पनि सबै नाता कुटुम्ब तथा मित्रहरू जम्मा भै दाह संस्कारको लागी जानु पर्दछ । लासलाई संस्कार गर्न तोकिएको स्थानमा लगी धार्मिक विधिबिधान अनुसार पाठपुजा गरि जलाउने चलन छ । लासमा आगो लगाएपछी सबै मलामिहरूलाई पैसा दिइने चलन छ यसलाई “लक्पा रब्चे” भनिन्छ । मृत्यूपछी पनि आत्मा आफ्नो घर परिवारको वरिपरी नै घुमी रहन्छ भत्रे विश्वासमा दाहसंस्कार पछी मृतकको पुतला बनाई सो पुतलालाई बिहान बेलुकिको खाना दिने र मृत्यू पछी हुने कुराहरूको जानकारी दिन एक जना लामा पुरोहीत मृतकको घ्यवा नसकुनजेल सम्म सँगै राख्ने चलन छ । यस प्रकृयालाई शेर्पा भाषामा “तेन स्योम्बु” अथवा सातु पाल्नु भनिन्छ । यो सातु पाल्ने कार्य ३ देखी ७ हप्ता सम्म लाग्न सकिन्छ । मृत्यु भएको दिन देखी घ्यवा नसकुन्जेल सम्म प्रत्येक हप्ता अरु लामाहरू बोलाई पुजा गरिन्छ । यस पुजालाई “दिन्जीन” भनिन्छ । मृत्यु भएको ३ देखी ७ साता भित्र लामाहरू बोलाई पुजा गरी नातादारहरू, मित्रहरू बोलाई प्रसाद् बाँडेर घ्यवा सम्पत्र गरिन्छ । मृतकको सम्झनामा प्रत्येक बर्ष पुजा गर्ने चलन पनि छ । यसलाई “लोम्ज्यु” अथवा “गोङ्जो” भनिन्छ । शेर्पाहरूको मरण संस्कारमा अपनाईने कर्मकाण्डको बिबरण तल दिईएको छ ।
– फोवा ग्यकु यसको शाब्दिक अर्थ स्थानन्तरण गर्नु वा ठाँउ सार्नु हो । यो मृत्यूशैयामा रहेको व्यक्तिको सास जान लाग्दा लामा गुरुजनद्वारा आध्यात्मिक मन्त्र शक्तिबाट मरणासत्र व्यक्तिको आत्मा (नम्शिङ) लाई शिरको ब्रह्माण्डबाट छिराई सुगति र शुद्ध भुवनमा उद्धार गर्ने तान्त्रीक विधि हो । शेर्पाहरू यस विधिको शिक्षा लाई मरणासत्र अवस्थामा मात्र नभई जिवीत हुँदा पनि ग्रहण गर्दछन । कदम कदाचीत कुनै व्यक्तिको मृत्यु अचानक भएमा यथासम्भव चाँडो फोवा ग्यकु गर्ने व्यवस्था गरिन्छ ।
– थोटोल रोकु यसको शाब्दिक अर्थ हो श्रवण मुक्ति अथवा शुद्ध हुन । मृत्यूशैयामा रहेको मरणासत्र व्यक्तिलाई एकजना लामाले थोटोल पाठ गरी सुनाईन्छ । यस थोटोल पाठमा व्यक्तिको मृत्यूभएको दिन देखि ४९ दिन (स्यग शिब्च्यु श्येगु) सम्मको बिचमा मृतकलाई हुने बिभीत्र डर त्रासको अनुभूति र त्यसको निबारणको ऊपायहरू बारे बताईएको हुन्छ । यसरी ७ हप्ता सम्म थोटोल बाचन गरेमा जस्तै महापापी पनि शुद्ध भई मुक्त हुन्छ भनिएको छ ।
– ठुसोल खिरु यसको शाब्दिक अर्थ सुद्ध पार्नु हो। व्यक्तिको शरीरबाट प्राण निसकेर गएपछि मृत शरीरलाई धोएर सफापार्ने, लामा गुरुजन बाट अभिसिन्चीत शुद्ध जल ले सिन्चीत गरि शुद्ध पारीन्छ ।
– रो गोङगु ठुसोलको विधि सम्पत्र भएपछी लासलाई सेतो कपडाले बेह्री ध्यान गरेजस्तै गरि राख्ने विधिलाई रो जोङगु (मुर्दा पोको पार्नु) र मुर्दालाई डल्लो पार्ने विधिलाई फुङबो गोङगु भनिन्छ ।
– सेम्सो खिरु यसको शाब्दिक अर्थ सान्त्वना दिनु हो । मृत्युको कारणबाट घर परिवारमा परेको दुखमा सहभागी हुन मृतकका आफन्तहरू बत्तीबालने घ्यु, पर्सादको लागी फलफुल, र पैसा राखी सान्त्वना प्रगट गर्छन ।
– केम्क्षाङ गेङगु मृतकको लास वा लासको बदलामा बनाईएको पुतला (तेन) को अगाडी आफन्तहरू र छरछिमेकी हरूले पेयपदार्थ तथा फलफुलहरू राखी सम्मान दिने चलन लाई केम्क्षाङ गेङगु भनिन्छ ।
– लम्तेन लामा मृतकको दाह संस्कारको लागी लाने समयमा बाटो देखाउनलाई एक जना लामाले लामो खाता वा कपडाको एक छेउ लामाले र अर्को छेउ मलामीले समाती लामाले नडोराएर लाने गर्दछ । यसरी बाटो देखाउने लामालाई लम्तेन लामा (बाटो देखाउने लामा) भन्दछन ।
– च्यब्तर लोङगु मृतकको दाह संस्कारको लागी लाने समयमा पञ्चरङगी ध्वजाहरू निलो, सेतो, हरियो, रातो र पहेंलो रङको पन्च रंगी बुद्धको प्रतिकको रुपमा मलामीको अघिअघि लामबद्ध भई जाने प्रचलन लाई च्यब्तर लोङगु भनिन्छ ।
– दीन्जीन तोङगु मृतकको आत्माको चीर शान्ति र पापमोचनको निमीत्त मृतकको परिवारले मृत्यु भएको दिन देखी प्रत्येक सात सात दिनमा घ्यवा नहुन्जेल सम्म गरिने पुजालाई दीन्जीन तोङगु, भनिन्छ ।
– न्याँपोर मृतकको आत्मालाई यस दुखमय लोकमा नबस, बुद्धको सुखमय लोकमा जानु भनि तान्त्रीक विधिबाट घ्यवा नसकुन्जेल प्रत्येक सात सात दिनमा गरिने अनुष्ठानलाई न्याँपोर भन्दछ ।
– झिन्सक लुकु मृतदेहको दाहसंस्कारको लागी आगो लगाएपछी मृतकको पाप शोधनको लागी लामा हरूबाट गरिने सामुहीक यज्ञलाई “झिन्सक लुकु” भन्दछन ।
– लग्प रब्छे चिहानमा लासको दाहसंस्कार गरिसके पछी मलामीहरू सबैलाई दक्षिणा स्वरुप केही रकम बितरण गरिने चलन छ । यसलाई “लग्प रब्छे” भन्दछन ।
– थुटी सुम्पु घाटमा लास जलाई सके पछी त्यहाँ रहन गएको अस्तुहरू र हाडका टुव्रmाहरू र खरानीहरू जम्मा गरि खोलामा बिसर्जन गर्ने विधिलाई थुटी सुम्पु भनिन्छ ।
– पुर्खाङ ग्यकु मुर्दा जलाएको व्यक्तिगत घाटहरूमा चैत्य बनाई मृतकको अस्तु, सामानहरू राख्ने परिपाटीलाई पुर्खाङ ग्यकु भनिन्छ ।
– छपर ग्यकु मृतकको अस्तु धातुलाई धुलो पारेर सफा र सुद्ध माटोमा मिसाई लेदो बनाई ससाना स्तुपा भएको ब्लकमा राखी निकालेको चैत्यलाई लामा बाट प्राणप्रतिष्ठा (रब्ने) गरि अग्लो, सफा र गुम्बाहरूको आसपासमा राखिने परम्परालाई छपर ग्यकु भनिन्छ ।
– क्येल्हा श्येङगु मृतकले जन्मलिने संसारको स्थापना गर्नलाई ज्योतिष शास्त्रको आधारमा मृतकको नाम बाट बिभीत्र मुर्ति वा थङका बनाई लामाबाट प्राण प्रतिषठा गराई राखेमा मृतकले सुगतिमा जन्म लिने बिश्वाश गरिन्छ । यस प्रकृयालाई क्येल्हा श्येङगु भनिन्छ ।
– घ्येवा (क्षङ्गा) मृत्यु भएको ४९ दिन भित्र आफ्नो गच्छे अनुसार लामाहरू बोलाई पाठपुजा गराई दान दक्षिणा अर्पण गर्ने र आफ्नो नातेदारहरू, छरछिमेकीहरू र ईष्टमित्रहरूलाई आमन्त्रण गरि खाना खुवाई प्रसादहरू बाँडेर मृतकको नाममा गरिने पुजा सम्पत्र गरिन्छ । यस अनुष्ठानलाई घ्येवा (क्षङ्गा) भनिन्छ ।
– लोम्ज्यु व्यक्ति देहबसान भएको दिनको बर्षदिनमा त्यसव्यक्तिको स्मरणमा गरिने बार्षीक पुजालाई लोम्ज्यु भनिन्छ ।
हिमालयन शेर्पा संस्कृतिक केन्द्रको स्मारीका बाट