नेसपा(नयाँ शक्ति)को प्रवास प्रदेश समितिको दोस्रो अधिवेशन हालै सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा नेसपाका संयोजक डा. बाबुराम भट्टराईको उपस्थिति रहेको थियो।

प्रवास प्रदेश समितिका अध्यक्ष धन गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा विशेष अतिथिहरू प्रवास समिति उत्प्रेरक दुर्गा सोव, संगठन विभाग प्रमुख सोनाम सिङ स्याङ्तान, युवा नेता जि.एस. गुरुङ, समाजवादी युवा संगठनका इन्चार्ज सन्देश कार्की र समाजवादी किसान महासंघका संयोजक तेज श्रेष्ठ थिए।

अधिवेशनको बन्दसत्रमा निर्वाचन प्रक्रिया सम्पन्न गर्न राम घलेको संयोजकत्वमा जनक पाण्डे र कमला नेपाल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो। सोही समितिले निर्वाचन प्रक्रिया सम्पन्न गरेको थियो। कार्यक्रम भौतिक र भर्चुअल माध्यमबाट सञ्चालन गरिएको थियो, जसले गर्दा प्रवासमा रहेका नेपालीहरूलाई पनि सहभागी हुन सहज भएको थियो।

नवनिर्वाचित प्रवास प्रदेश समितिका पदाधिकारीहरूमा अध्यक्ष निर्मल कुमार स्याङ्तान (कुवेत), उपाध्यक्ष शकुन्तला गुरुङ (बेलायत), उपाध्यक्ष धन बहादुर बि.के. (जापान), उपाध्यक्ष सुमन खरेल (अष्ट्रेलिया), सचिव बुधवल गुरुङ (कतार), सहसचिव प्रकाश के.सी. (जापान), सहसचिव बिपिन राई (मलेशिया), सहसचिव मिन बहादुर चलाउने (क्रोशिया) र कोषाध्यक्ष भरत डाँगी (अमेरिका) रहेका छन्।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय