पोखरा । जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्कीले सडक दुर्घटना कम गर्न तथा ट्राफिक नियम सम्बन्धि नागरिक सचेतनाका लागि साउन १७ गतेबाट साताव्यापी ट्राफिक सचेतना अभियान सुरु गरेको छ । कोरोना महामारी अझै सक्रिय रहेकाले मास्क तथा सेनिटाईजरको अनिवार्य प्रयोग, लेन अनुशासन सहित ट्राफिक नियम अनिवार्य पालना गर्न आग्रह गरेको हो । कारोना महामारीका कारण सबै क्षेत्र अझैपूर्ण रुपमा खुलेको छैन । स्मार्ट लकडाउनका कारण सडकमा सवारी चाप तुलनात्मक रुपमा सामान्य भन्दा कम छ । तथापी ट्राफिक नियम उल्लघंन भने उस्तै रहेको ट्राफिक प्रहरी कार्यलय कास्कीका प्रमुख प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतले जानकारी दिनुभयो । साउन महिनामा मात्र करिब १६ सय सवारी साधन कारवाहीमा परेको छ भने २०७८ बैशास यता मात्र करिब ५ हजार सवारी साधन कारवारीमा परेको उहाँले जानकारी दिनभयो । सडकको समस्या र हाईवे भएकाले मालवाहक सवारी साधन बढि गुड्ने भएकाले रातको समयमा बढि सडक दुर्घटना हुने गरेको उहाँको भनाई छ । अभियान अन्तर्गत पोखरा बजार क्षेत्र सहित कास्की जिल्ला भित्रका सवारी चाप हुने क्षेत्रहरुमा ट्राफिक नियमका बारेमा सन्देश मुलक प्ले कार्ड राख्ने, ट्राफिक नियमका बारेमा चोक चोकमा माइकिङ गर्ने, प्रचा बाँड्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । यो अभियानले नागरिकलाई ट्राफिक नियमको बारेमा जानकारी गराउने र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यतm गर्नु भयो । चालक पत्र नभएका र सह–चालकले समेत ट्राफिकलाई छलेर सवारी चलाउने गरेको पाइएको छ । ठुलो आवज निकालेर सवारी चलाउने,हाइवेमा नियम विपरित सवारी साधन चलाउने चालकहरुलाई राडरको प्रयोग गरेर नियन्त्रण तथा कारवाहि गरिरहेको ट्राफिक प्रहरी कास्कीले जनाएको छ ।
सवारी चालक र सर्वसाधरणलाई अनिवार्य ट्राफिक नियमको पालना गर्न आग्रह समेत आग्रह गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय