टोकियो, जापान ।
घान्द्रुक समाज जापानको आयोजनामा तमु ‘त’ ल्होसार तथा नयाँ वर्ष २०२६ को अवसरमा वार्षिक भेटघाट शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।
गत शुक्रबार जनवरी २ तारिख हिगासी कानागावा स्थित “कोसेली एसियन डाइनिङ” मा समाजको अध्यक्ष युक्तमान गुरुङको सभापतित्वमा सम्पन्न भएको हो।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) जापानका श्रीभक्त गुरुङ प्रमुख अतिथि हुनुहुन्थ्यो। त्यसैगरी विशेष अतिथिहरूमा तमु धीं जापानको पूर्व अध्यक्ष तथा संरक्षक हर्क गुरुङ, संस्थापक अध्यक्ष बुद्धि गुरुङ, निवर्तमान अध्यक्ष विजयकुमार गुरुङ, महिला विभाग प्रमुख नवीना गुरुङ र “मेरो भ्वाइस युनिभर्स सिजन 2”का विजेता प्रथम गुरुङ रहनुभएको थियो।
कार्यक्रमको पहिलो चरणमा समाजका महिला सदस्य काशी गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि श्रीभक्त गुरुङ र विशेष अतिथि हर्क गुरुङले शुभकामना मन्तव्य राख्नुभएको थियो।

सोही अवसरमा ‘मेरो भ्वाइस युनिभर्स सिजन 2’ का विजेता प्रथम गुरुङलाई खादा,फेटा, लोगो अङ्कित समाजको टिसर्ट, नेपाली टोपी मायाको चिनो र सम्मानपत्रले सम्मान गरेको थियो। साथै प्रमुख अतिथि श्रीभक्त गुरुङ र विशेष अतिथि हर्क गुरुङलाई पनि समाजको तर्फबाट मायाको चिनोले सम्मान प्रदान गरियो।
कार्यक्रममा संस्थाका नयाँ आजीवन सदस्यहरू पुष्कल गुरुङ,चिजमान गुरुङ र रविन्द्र गुरुङलाई सम्मानपत्र वितरण गरिएको थियो। भने समाजमा नयाँ आगमन सदस्यहरू मनोज गुरुङ,रविना गुरुङ, मान्ती गुरुङ, काशी गुरुङ, रोजी गुरुङ, आशा गुरुङ,मधु गुरुङ, विश्वास गुरुङ, बिमल गुरुङ र दिपजंग गुरुङलाई खादा ओढाएर स्वागत गरिएको थियो।

कार्यक्रमको दोश्रो चरणमा समाजको कलाकारहरूद्वारा बिमला गुरुङ र सुप्रिया गुरुङको स्वागत नृत्य तथा सोनिका गुरुङ, सम्झना गुरुङ, रेजिना पुन, अनिस गुरुङ र शिला पूनको नृत्य प्रस्तुतिले थप मनोरञ्जन दिलाएका थिए।
सम्मानित व्यक्तित्व प्रथम गुरुङको सांगीतिक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण बनेको थियो सम्मानकै क्रममा समाजको सदस्य दियाना गुरुङ मिस (एभरेस्ट इन्टरनेसनल स्कुल जापान २०२५) बन्न सफल भएकोमा पनि सम्मान प्रदान गरिएको थियो।

अन्त्यमा अध्यक्ष युक्तमान गुरुङले संस्थाको उद्देश्यमाथि प्रकाश पार्दै संस्थालाई आर्थिक नैतिक भौतिक सहयोग गर्नुहुने तथा समाजमा विशेष योगदान गर्नुहुने सम्पूर्ण सदस्यहरू लगायत उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गरी कार्यक्रम समापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव हरिप्रसाद गुरुङले गर्नुभएको थियो।





