
म्हेन्दो लामा /ओकिनावा
गैर आवासीय नेपाली संघ जापान क्षेत्रिय कार्यसमिति ओकिनावाले २०२५ फेब्रुअरी २३ तारीकका दिन ओकिनावाको उमि सोरा पार्कमा आयोजना गर्न लागिरहेको दोस्रो नेपाल फेस्टिभलमा हिमालयन बैंक लिमिटेडले ओकिनावामा आफ्नो सेवा विस्तार गर्ने भएको छ ।

२ दिने फेस्टिबलको अवसरमा ओकिनावामा रहेका नेपालीहरुले अब सजिलै हिमालयन बैंकमा आफ्नो खाता खोल्न सक्नेछन्।
यो सेवाले ओकिनावामा रहेका नेपालीहरुलाई नेपालमा रहेका आफन्तहरुलाई पैसा पठाउन, विभिन्न बिलहरु तिर्न र अन्य बैंकिंग कारोबार गर्न सहज हुनेछ। बैंक खाता खोल्नको लागि आवश्यक कागजातहरुमा पासपोर्ट वा नागरिकता, फोटो, रेसिडेन्स कार्ड, माई नम्बर र आफ्नो खातामा जम्मा गर्नको लागि २ देखि ४ मान आवश्यक पर्दछ।
हिमालयन बैंक लिमिटेडले ओकिनावामा खाता खोल्ने अभियानको साथसाथै निःशुल्क मोबाइल बैंकिंग, डिम्याट खाता, मेरो शेयर, आईपीओ रिजेर्भ र रेमिट्यान्स जस्ता सेवाहरु पनि प्रदान गर्नेछ। यसले ओकिनावामा रहेका नेपाली समुदायलाई आधुनिक बैंकिङ सेवाहरुको पहुँच पुर्याउने लक्ष्य राखेको
हिमालयन बैंक जापान प्रतिनिधि प्रकाश घिमिरेले जानकारी दिनुभयो ।