अमेरिकाको केन्टकी राज्यको लेक्जिन्टन शहरमा अन्तरास्ट्रिय नेपाली कलाकार समाज केन्टकी च्याप्टरको गठन भएको छ चर्चित हास्य कलाकार गोपाल नेपाल फिस्टेको अधक्ष्यतामा गठित उक्त समितिमा १५ जना सदस्यहरु रहेका छन । उपाध्क्ष्यमा मुरारी गुरागाई सचिब अर्जुन थापा सह सचिब प्रतिमा सुबेदी कोषाधक्ष्य बिष्णु डुम्रे सह कोषाधक्ष्य सरोज अधिकारी सदस्यहरुमा जय प्रकाश रिजाल प्रविन खनिया प्रनिम राई रश्मि खरेल सनातन रेग्मी मंजु रसाइली सुशिल के.सी . हिमलाल कुँवर र चन्द्र अधिकारी रहेका छन । अन्तराष्ट्रिय नेपाली कलाकार समाज केन्टकीले अंग्रेजी वर्ष २०१७ लाइ बिदा गर्न र नव बर्ष २०१८ लाइ स्वागत गर्न आयोजित सास्कृतिक साझमा सस्था उत्घाटन शुभकामना आदानप्रदान तथा विविध सास्कृतिक कार्यक्रम राखेर सस्था औपचारिक रुपमा उत्घाटन गरेको थियो ।

कार्यक्रममा नेपाली भाषा कला सस्कृति प्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो । सस्थाले नेपाली भाषा कला सस्कृतिलाई अन्तराष्ट्रिय जगतमा अझ विस्तार गर्ने नेपाली कलाकारलाई आपसी सहयोग गर्ने छरिएर रहेका कलाकारलाई संगठित गर्ने स्थानीय सघ सस्थासंग समन्वय गरि कला भाषा र साहित्य संग सम्बन्धित विविध कार्यक्रम गर्ने केन्टकी राज्यमा रहेका कलाकार र कला प्रेमीलाई एकीकृत पार्ने जस्ता महत्वपूर्ण काम गर्ने छ ।

कार्यक्रम ८५ बर्षीय बृद्ध आम गोमा देवी कुमालको हातबाट सस्थाको ब्यानर अनावरण गरि सस्था विधिवत रुपमा उत्घाटन गरियको थियो । अन्तराष्ट्रिय नेपाली कलाकार समाज केन्टकी च्याप्टरका सचिव अर्जुन थापाले उपस्थित सबैलाई स्वागत मन्तब्य रखेका थिए भने यसै सतहका सल्लाहकार प्रदिप कुमार बिष्टले सस्था स्थापना कार्य क्षेत्र र भावी कार्य योजनाका बारेमा प्रष्ट पर्नु भएको थियो । भने सल्लाहकार प्रकाश शर्माले सस्थाका विविध पक्षका बारेमा स्पष्ट पर्नु भएको थियो

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय