
गीतकार, संगीतकार, गायिका र फिल्म निर्देशकको परिचय बनाएकी आङ ङिमा शेर्पा ‘कुंगा’ले शनिबार एक साथ चार गीतिसंग्रह सार्वजनिक गरेकी छिन् । काठमाडौँ, टुसालस्थित ज्योती पार्टी प्यालेसमा आयोजित एक कार्यक्रममा उनले चार गीतिसंग्रह सगुन, आमा नेपाल, शेर्पाज सोल र हिमाली गाउँ विमोचन गरिन् । विमोचन कार्यक्रममा शेर्पा समुदाय तथा सञ्चारकर्मीहरुलाई सम्मान पनि गरिएको थियो । सञ्चारकर्मीहरु सुरज खड्का, ल्हाक्पा शेर्पा र छेटु शेर्पालाई कला,संस्कृति र सगीतको क्षेत्रमा पत्रकारिताको माध्यमबाट सहयोग पु¥याएको भन्दै सम्मान गरिएको हो ।
कार्यक्रममा डिजे शेसन र सांगीतिक कार्यक्रम पनि रहेको थियो । कार्यक्रममा मेलिना राई, अशुसेन लामा, सोनाम शेर्पा र कुशल थलङ लिम्बुले सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रमको अन्त्यमा डिजे छेवाङ शेर्पाको डिजे सेसन रहेको थियो । डिजेको संगीतमा सहभागि राती अबेरसम्म झुमेका थिए ।
Source: Shikhar news