Advertisement


भाद्र १३, २०७४- नेपाल आइडलमा कुन जातका गायक प्रतिस्पर्धीलाई जिताउने भन्नेमा अनलाइन मतदाताहरूबीच जातीय रूपमा विभाजित भइरहेको देख्दा मलाई दु:ख लाग्यो ।

कुन गायकले धेरै राम्रो गायो, उसलाई जिताउने हो । यसो गर्नकै लागि अनलाइन मतदातालाई निर्णय गर्ने अधिकार दिइएको हो । तपाई, हामीले सही निर्णय गर्न सकेनौं भने भोट नगर्दा राम्रो हुन्छ ।

राजा, नेता र मन्त्रीले सही निर्णय गर्न सकेनन् भनेर विरोध गर्ने तपाई, हामी आफूलाई निर्णय गर्ने अधिकार दिँदा किन यस्तो गर्छौं ? गायन पेसा जातले गर्ने होइन, क्षमताले गर्ने हो ।

क्षमताको आधारमा मत दिनु राम्रो होला । यसले कलाकारलाई न्याय गर्छ । गलत निर्णयले भविष्यका गोपाल योन्जन, नातिकाजी, नारायण गोपाल, अरुणा लामाहरूको जन्म गराउँदैन । ड्यासमा बसेका निर्णायक मण्डलको भूमिका सबैप्रति समान देखिनुपर्छ । निर्णायक मण्डलका सदस्यले विभेद गरेको देखिनु हुँदै–हुँदैन ।

– फुर्पा तामाङ
रसुवा

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय