दोलखा जिल्लाबाट संगीत यात्रा सूरु गरेको सोनाम शेर्पा कोशिस विदेशी भूमिमा गएर पनि संगीतलाई निरन्तरता दिई रहेका छन् । शेर्पा समुदायमा राम्रो चर्च जमाउन सफल गायक कोशिस विगत केही वर्ष पूर्व देखि विदेशी भूमिमा नै वस्दै आई रहेका हुन् । तीन वटा एल्वम समुदायमा ल्याउन सफल कोशिसले विदेशी भूमिमा भएपनि नयाँ एल्वम ल्याउने तयारीमा छन् । शेर्पाले हाल १६ भन्दा बढी नेपाली तथा नादिङ गीत गाएका छन् भने उनको संगीतमा शेर्पा कलाकारहरुले ५ वटा गीतहरु गाएका छन् ।
समुदायमा तत्कालिन कलाकारको कमी, परिवारको साथसहयोग र शेर्पा समुदायको लोप हुदै गई रहेको नादिङ भाकालाई जीवन्त दिन संगीत यात्रा सुरु गरेका थिए । यसरी संगीत यात्रालाई मातृ भूमिमा बसेर निरन्तरता दिने सोच भए पनि शेर्पा समुदायको गायक गायिक प्रतिको हेर्ने दृष्टिकोण सोचे जस्तो नपाएको हुनाले विदेशिन वाध्य भएको कोशिसको भनाई छ । शेर्पा समुदायमा जसो तसो एल्वम निकालिए पनि ती एल्वम हरु दूई तीन सय तिरेर किन्न हिचकिचाउने प्रवृति जव सम्म रहन्छ शेर्पा कलाकारहरु शेर्पा समुदायमा टिक्न उत्तीनै गाह्रो पर्छ । समुदायले संगीत समाजको ऐन हो र यस्को महत्व बुझ्न नसकेर पनि हुन सक्छ यसकारण शेर्पा समुदायमा गायक गायिका आए पनि छोटो समय टिक्छन र विदेशिन वाध्य हुन्छन् ।
समुदायको साथ सहयोग र बुझाईको कमिले शेर्पा कलाकारहरु राष्ट्र तथा अन्तराष्ट्र जगतमा कमै मात्रामा छन् । शेर्पा समुदायको लोक भाकाहरुको संरक्षण सँगै संगीत जगतमा राष्ट्र स्तरमा परिचय जमाउन र विश्वमा शेर्पा समुदायको गीत संगीतलाई चिनाउने कसरतमा रहेको उनको बनाई छ । नयाँ एल्वमको तयारीमा रहेको र तीन वटा गीत पूरा भई सकेको चाँडै समुदायमा नयाँ एल्वमका गीतहरु ल्याउने विचारमा छन् । शेर्पा समुदायको भाषा, कला, संस्कार, संस्कृति जोगाउन हामी आफ्नै समुदायले जोड दिनु पर्ने विचार सहित नयाँ एल्वमको तयारीमा रहेको सोनाम शेर्पा कोशिसको नयाँ एल्वम सफल होस हाम्रो पनि शुभकामना ।