
काठमाडौँ, माघ १६ । नमुना कलेज अफ फेसन टेक्नोलेजी कलेजका स्नातक अध्ययनरत विद्यार्थीहरुले १३ औं स्नातक उपाधीका लागि फेसन सो गर्न लागेको छ ।
फेसन सो गर्नका लागि मोडलहरुलाई अडिसन आउने विहिवार १८ गते विहान १० देखि ४ बजेसम्म नमुना कलेज अफ फेसन टेक्नोलेजी कलेजमा हुने शेर्पा फर चेन्जकी कार्यक्रम संयोजक छिरीङ निमा शेर्पाले जानकारी दिइन ।
अडिसनका लागि मोडलहरुको उचाइ (पुरुष ५फिट ९ इन्च र महिला ५ फिट, ४ इन्च) हुनुपर्ने छ । विहिवारको अडिसनबाट ४० जना मोडलहरुलाई छनोट गर्नेछ २० जना महिला र २० जना पुरुष छनोट हुनेछन । छनोटमा परेका मोडलहरुलाई तालिम रोजिन शाक्यले दिनेछन ।
स्नातक उपाधिका लागि गरिने यो फेसन सो नेपालको टप ३ फेसन सोमा पर्ने शेर्पाले जानकारी दिइन ।