एसके इन्टरटेनमेन्ट प्रालिले यसपटक पनि मिसेस तामाङ सिजन २ गर्ने भएको छ । शनिबार राजधानीमा एक कार्यक्रमबीच पहिलो अडिसन सम्पन्न गरेको हो ।

विवाहित महिलाको अब्बल क्षमता उजागर र भाषा, संस्कृति सहभागी मार्फत उजिल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक अध्यक्ष शान्ता तामाङले बताइन् । अडिसनमा विभिन्न ठाउँबाट २४ जना महिलाहरू सहभागी भएका थिए । सहभागीहरू क्रमशः देवीमाया तामाङ नुवाकोट, मुना तामाङ धादिङ, रेनुका तामाङ ललितपुर, पार्वती तामाङ ललितपुर, सुनिता तामाङ ललितपुर, सीता लामा ललितपुर, पदमकेशरी तामाङ काठमाडौं, जानू गोले ललितपुर, मिना तामाङ भक्तपुर, पेमा तामाङ धादिङ, युनिसा तामाङ नुवाकोट, रिना तामाङ काठमाडौं, सञ्चिता तामाङ धादिङ, निरु थिङ भक्तपुर, नविना तामाङ काठमाडौं, सञ्जु लामा काभ्रे, नानीमाया दोङ चितवन, इन्दिरा तामाङ भक्तपुर, सरितादेवी स्याङतान काठमाडौं, रमिला तामाङ काठमाडौं, सुनिता तामाङ भक्तपुर, सुकुमाया लामा ललितपुर, सोमकुमारी लामा ललितपुर र निलम लामा काठमाडौं रहेका छन् ।

पहिलो मिसेस तामाङ २०१६ विजेता शान्ति वाइबा तामाङ, मिसेस गुरुङ २०१७का विजेता सुमना गुरुङ, मिसेस तामाङ २०१६ सेकेन्ड रनरअप अनिता नेगी तामाङ, नेपाली चलचित्र नायिका पूर्णिमा लामा, मोडलद्वय रश्मि तामाङ र उर्मिला वाइबाको निर्णायक समितिले अडिसनमा सहभागीहरूलाई प्रश्न गरेका थिए ।

यो भन्दा अगाडि मिसेस गुरुङ २०१७ र मिसेस तामाङ २०१६ सम्पन्न गरिसकेको छ । सबै जातिको सहभागी गराएर कार्यक्रम निरन्तर अगाडि बढाउने आयोजक तामाङले बताइन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय