काठमाडौं /एम. बि. ए. इन्टरटेमेन्ट प्रा.लि.र टाइम्स इन्टरटेमेन्ट प्रालि को संयुक्त प्रस्तुती चलचित्र ” किन म ?” alive education चाडै रिलिज हुने भएको छ। संग्राम तामाङले निर्देशन गरेको यस चलचित्रमा बालबालिकाको मन मष्तिकमा कसरी सानैदेखी पढ्नुपर्छ भन्ने भावाना जगाउन सन्देशमुलक ढङ्गले चलचित्रमा देखाउन खोजिएको यस चलचित्रका निर्माता महेश थापाले चर्चित खबर लाई जानकारी गराए। अशिक्षा कै कारण समाजमा छुवाछूत ,भेदभाव हुने भन्दै बालबालिकालाई पढ्ने बाताबरण कसरी बनाउन सकिन्छ यस चलचित्रमा देखाइएको निर्देशक संग्राम तामाङ बताउछ्न।।चलचित्रमा महेश थापा,जयन्ती मोक्तान , दिक्षान्त लिम्बु ,प्रशान्त लिम्बु लगायतको अभिनय रहेको छ।चलचित्रको सुटिङ कै दौरानमा यस चलचित्रको टिमले यहि पुष ६ गते जोरपाटीमा रहेको खगेन्द्र नवजिवन गृहको संरक्षणमा रहेका असक्तहरुलाई खान खुवाएका थिए।यस चलचित्रबाट उठेको रकमले असाहय र अशक्तहरुलाई सहयोग गर्ने पनि निर्माता महेश थापाले बताए।चलचित्रको छायांकन गोकुल राउतले गरेका छ्न।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय