जापानलाई कर्मभुमी बनाई बसेका गीतकार जनक थोकरले खान्दोके सेलो भाकामा “तेमाल गाङको चिनारी” नामक सोलो एल्बम Janak Thokar युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
कोशिस थोकर र जितु लोप्चनको स्वरमा रहेको उक्त गीतलाई सानुबाबु घिसिङले संगीत र संगीत समायोजन गरिएको छ।
आफ्नो गीत सर्वजनिक गर्दै थोकरले लेखेको छन, “विगत ९-१० वर्षदेखि प्रत्यक्ष रुपमा तेमाल जात्रामा सहभागी हुन पाएको थिएन। त्यही तिर्सना मेटाउनका निमित्त गीत संगीतको माध्यमलाई छानेर “तेमाल गाङको चिनारी” सोलो एल्बम मार्फत तेमाल जात्राको कोशेली तपाई सम्पूर्ण दर्शक श्रोत माझ पस्किने जमर्को गरेको छु।
मेरो पहिलाको गीत संगीतलाई झै यो गीतलाई पनि माया गरिदिनु हुन्छ भन्ने आशा लिएको छु।”
हालसम्मा उक्त गीतलाई ५०,००० पटक भन्दा बढी हेरीसकेको छ।
भिडियो हेर्नुहोस





