प्रदीप भट्टराई लिखित तथा निर्देशित फिल्म ‘महाजात्रा’ को टिजर सार्वजनिक गरिएको छ।
टोक्यो को नाकानो जेरो हलमा आगामी मार्च २३ तारीख प्रदर्शन हुने महाजात्रा को टिजर मंगलबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा एक गाडी पैसा लुकाउने जागिर पाएकाको कथा देखाइएको छ।
पैसा लुकाउने जागिर पाउने कलाकार हुन् विपीन कार्की, रवीन्द्रसिंह बानियाँ र रविन्द्र झा। फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्य देव, गौमाया गुरुङ, शिशिर वाङदेल, प्रकार घिमिरे, प्रविन खतिवडा, अर्जुनजंग शाही, अरविन खड्कालगायत कलाकारको अभिनय छ।
जापानको ओकीनावा देखी सेन्दाइ सम्मका सिटीमाँ महाजात्राको शो हुने जापान राइट्स ख़रीद गरेका सचिन आचार्यले जानकारी दिए ।





