टोकियो ड्रिम्स इन्टरटेनमेन्टले जापानको विभिन्न हलहरूमा चलचित्र ‘बेहुली फ्रम मेघौली‘को प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।
चलचित्र यही अक्टोबर ५ तारिख शनिबारको दिन बेलुको ५ बजे शिनागावामा रहेको किनेका हलमा अक्टोबर ६ तारिख आइतबार बेलुकी ५ बजे, ह्युमाक्स सिनेमा , ईकेबुकुरो हलमा र अक्टोबर ६ तारिखआइतबार बेलुकी ५ बजे, र आइतबारको दिननै खावागुचीमा रहेको स्किपसिटी हलमा बेलुकी ५ बजे प्रदर्शन हुने टोकियो ड्रिम्स इन्टरटेनमेन्टका फिल्म वितरक धिरज अर्यालले जानकारी दिएको छ ।टोक्यो ड्रिम्स इन्टरटेनमेन्टले जापानमा फिल्म हेर्ने कल्चर शूरूवात गरेको र अब फेरि फिल्म भनेको फिल्म हलमा नै हेर्दा छुट्टै मनोरन्जन हुने भएको ले गुणस्तर सम्झौता नगरेको समेत बताए ।
आयोजकले चलचित्र ‘बेहुली फ्रम मेघौली’ को टिकट खरिदगरी आफुलाइ पायक पर्ने हलमा गइ हेरेर साथ दिनको लागि जापानबासी सबै नेपालीहरुलाइ अनुरोध गरेको छ ।
नेपालमा गत असोज १७ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक गरिएको थियो । टिजरमा छोरीको विवाहका लागि एउटा परिवारले केटा खोज्न गरेको संघर्षलाई रोचक शैलीमा देखाइएको छ ।
साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको फिल्ममा निश्चल र स्वस्तिमासहित विजय बराल, सिरु बिष्ट, सिम्रन खड्का, आमिर गौतम, बसुन्धरा भुषाल, लोकेन्द्र लेखक, रक्षा थापा, शिशिर सिवाकोटी, टीका पहारी, लुनिभा तुलाधर लगायतको अभिनय छ । स्वस्तिमा र निश्चल दम्पतीको निर्माणमा बनेको फिल्मको कार्यकारी निर्माता भने फिरोज खड्का र शंकर पाण्डे हुन् ।
फिल्ममा नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको नृत्य निर्देशन, जयन जे वाइवा र कुशल पोखरेलको संगीत तथा निमेष श्रेष्ठको सम्पादन छ ।