
टोकियो, जापान: नेपाली हास्य चलचित्रको चर्चित शृङ्खला ‘छक्का पन्जा ५’ जापानमा प्रदर्शन हुने भएको छ।
दीपा र दीपक जोडीले निर्माण गरेको यो चलचित्र अक्टोबर १३ देखि टोकियोसहित जापानका ४५ वटा शहरमा प्रदर्शन गरिने भएको छ।
जापानमा चलचित्र प्रदर्शनको व्यवस्थापन भिजोनिया कम्पनीले गर्ने भएको छ।
कम्पनीका सञ्चालक सुवास लामिछानेका अनुसार, अक्टोबर १३ मा टोकियोको मेगुरो पर्सिमन हलमा फिल्मको प्रिमियर गरिनेछ भने अन्य ४४ शहरमा विभिन्न मितिमा प्रदर्शन गरिनेछ।
छक्का पन्जा ५ मा प्रेम सम्बन्ध र यससँग जोडिएका विभिन्न घटनाक्रमलाई हास्य व्यङ्ग्यमार्फत प्रस्तुत गरिएको छ।
फिल्मको गीत ‘तलाई सपिङ गरिदिएको पैसा फिर्ता ले’ अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। मनोरञ्जनसँगै यस चलचित्रमा सामाजिक सन्देशहरू पनि समावेश गरिएका छन्।
दर्शकहरूको सुविधाका लागि अनलाइन टिकट प्रणालीको व्यवस्था गरिएको छ। इच्छुक दर्शकहरूले https://dcticketing.com/ बाट टिकट खरिद गर्न सक्नेछन्।
दीपाश्री निरौला निर्देशित यस चलचित्रका कथा, पटकथा र संवाद दीपकराज गिरी, केदारप्रसाद घिमिरे र दिलीप तामाङले लेखेका हुन्।
टोकियोमा टिकटको लागि
🌆 𝕋𝕠𝕜𝕪𝕠 𝕊𝕙𝕠𝕨
October 13/Sunday
Venue : Meguro Persimmon Hall
🎫 online Ticket available
https://dcticketing.com
📲. 080 4133 6105 / 09098437897