दिनेश थापा /टोकियो
बागलुङको माटोमा जन्म लिएका लोक दोहोरी र खेलकूद क्षेत्रका दुई हस्ती भविन थापा र सुर्य खड्का जापानको माटोमा सम्मानित भएका छन ।
लोक दोहोरी गायक सूर्य खड्कालाई पनि सम्मानित गरिएको थियो। बागलुङमा जन्मिएका सूर्य खड्काले नेपाली लोक दोहोरी गीतको माध्यमबाट नेपाली संस्कृति र संगीतलाई विश्वभर रहेका नेपाली गित संगित प्रमी बिच फैलाउन सक्रिय खड्कालाई “बागलुङ रत्न” सम्मान प्रदान गरिएको हो।
यो सम्मान उनको संगीत र सांस्कृतिक योगदानको कदर स्वरूप दिइएको हो, जसले नेपाली लोकसंगीतलाई जापान जस्तो परदेशमा पनि एक पहिचान दिलाएको छ। सूर्य खड्का जापानमा एक चर्चित लोक दोहोरी गायकका रूपमा स्थापित भएका छन्।
उनले नेपाली संगीत र लोकगीतलाई नयाँ उचाइमा पुर्याएका छन् उनका दर्जनौ सृजनाहरु अत्यन्तै चर्चाको शिखरमा समेत रहेछ छन् विशेष गरि विदेशमा रहेका नेपाली समुदायका पिडा बेदना र भावनालाई गित संगित मार्फत सृजना गर्दै आईरहेका खड्काले सांगीतिक यात्रामा कष्ट र संघर्षलाई पार गर्दै नेपाली लोक गीतको सम्मान र लोकप्रियता जोगाइराखेका छन्।
हामीसग कुराकानीमा सम्मानित खड्काले बताए “बाग्लुङ रत्न” सम्मान प्राप्त गर्न पाउँदा म अत्यन्तै भावुक, खुसी र गौरवान्वित भएको छु। लोकगीत–संगीतको यात्रामा मैले सधै मन बाट कर्म गर्दै हिँडेको मान्छे हुँ, तर यही कर्मलाई माया गरेर दिनुभएको यो सम्मानले मेरो मनलाई गहिरो रूपमा छोएको छ।गीत–संगीत केवल मेरो पेशा मात्र होइन, मेरो जीवनको धड्कन हो। यही यात्रामा दर्शक–स्रोताको माया, समाजको विश्वास र आफ्ना अग्रजहरूको आशीर्वादले नै आज यहाँसम्म ल्याएको हो। त्यसैले “बाग्लुङ रत्न” जस्तो सम्मानले मलाई खुशी मात्र दिएको छैन, अब अझ राम्रो काम गर्दै अघि बढ्नुपर्ने ठूलो जिम्मेवारी पनि थपिदिएको छ।
कार्यक्रममा बोल्दै बागलुङ समाजका अध्यक्ष गुरुप्रसाद सापकोटाले भने सूर्य खड्काले केवल आफ्नो संगीतको माध्यमबाट नेपाली लोकगीतलाई जापानि समुदायमा चिनाउन समेत विशेष भुमिका निर्वाह गरेकोमा खुसी व्यक्त गरे उनले नेपाली संस्कृति र पहिचानलाई पनि मजबुत बनाएका छन्। उनको योगदान असाधारण छ, र ‘बागलुङ रत्न’ सम्मान यसको कदर हो।”
सूर्य खड्काको संगीत र नेपाली लोकसंगीतको प्रति उनको अडिग समर्पण, जापानमा रहेका नेपालीहरूको सांस्कृतिक गर्व र नेपाली समुदायको एकता ल्याउन ठूलो भूमिका खेलेको छ। उनका गीतहरूले नेपाली भाषाको र सांस्कृतिक धरोहरको महत्त्वलाई जापानमा हुर्कदै गरेको दोस्रो पुस्ता बिचमा समेत फैलाएका छन्, जसले जापानमा रहेका नेपालीहरूको माया र प्रेमलाई अझ सुदृढ बनाएको छ।
बागलुङ जिल्लाको गलकोट नगरपालिका जन्मेका अनुभवी भलिबल खेलाडी भविन थापालाई चैत्राष्टमी मेला २०२६ को अवसरमा सम्मानित गरिएको छ। भविन थापा केवल एक कुशल खेलाडी मात्र होइन, उनी एक अनुशासित र समर्पित खेलाडी पनि हुन्, जसले नेपालको राष्ट्रीय खेल भलिबलको विकासमा ठूलो योगदान पुर्याएका छन्।
उनको खेलकुदमा सशक्त भूमिका र निरन्तर परिश्रमले नेपाली भलिबलको स्तरलाई विशेष गरि जापानमा नयाँ उचाइमा पुर्याएको छ। यस्ता खेलाडीहरूको कदर र सम्मान गर्नु आजको खेलकुद संस्कृति र नयाँ पुस्ताका खेलाडीहरूको लागि प्रेरणादायक बन्ने बताईएको छ। जन्मस्थान र आफ्नो कार्यक्षेत्र जापान बनाएका भविन थापाले भलिबलको माध्यमबाट खेलको स्तर सुधार्ने मात्र नभई खेलाडीहरूको शारीरिक र मानसिक अनुशासनको महत्त्व पनि बुझाउन पनि उल्लेखनीय भुमिका निर्वाह गरेका छन्।
कार्यक्रममा बागलुङ समाजका अध्यक्ष गुरुप्रसाद सापकोटाले भने कार्यक्रममा बोल्दै भने सूर्य खड्काले आफ्नो संगीतको माध्यमबाट नेपाली लोकगीतलाई जापानि समुदायमा चिनाउन समेत विशेष भुमिका निर्वाह गरेकोमा खुसी व्यक्त गरे उनले नेपाली संस्कृति र पहिचानलाई पनि मजबुत बनाएका छन्।
उनको योगदान असाधारण छ, र ‘बागलुङ रत्न’ सम्मान यसको कदर हो।” भविन थापा मात्र एक अनुभवी खेलाडी होइन, उनले आफ्नो अनुशासन र समर्पणले हाम्रो खेलकुद समुदायलाई अझ मजबुत बनाएका छन्। उनलाई सम्मानित गर्नु हाम्रो लागि गर्वको कुरा हो। उनले बागलुङमा मात्र नभई कर्मथलो जापानमाका लागि निकै ठूलो योगदान गरेका छन्।
चौथो रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०२६
यसै बीच, बागलुङ समाजले आफ्नो चोथो रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०२६ को आयोजना पनि सफलतापूर्वक सम्पन्न गरेको छ। मार्च महिनाको ४ तारिखमा तोड़ा स्पोर्ट्स सेन्टर मा सम्पन्न भएको यस प्रतियोगितामा विभिन्न टिमहरूले उत्कृष्ट प्रतिस्पर्धा प्रस्तुत गरेका थिए जसमा घुम्टे युवा परिवार जापान विजेता हुदै गर्दा उपविजेता भने पिरो स्पोर्ट्स क्लव भएको थियो।
खेलकुद संयोजक बसन्त थापाले भने हामीले यस प्रतियोगितामा नेपाली भलिबलको स्तरमा वृद्धिको आशा गरेका थियौं, र यस वर्ष पनि राम्रो प्रतिस्पर्धा देख्न पाएर हामी निकै उत्साहित छौं। यसले जापानमा भलिबलको लोकप्रियता बढाउने र भलिबल खेल र खेलाडी युवा प्रतिभाहरूलाई प्रोत्साहित गर्ने काम गर्नेछ।”
भविन थापाको योगदान र सूर्य खड्काको कला र समर्पणले नेपाली खेलकुद र सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण स्थान बनाएको विश्वास व्यक्त गरिएको छ। यसका साथै, बागलुङ समाजको रनिङ कप जस्ता कार्यक्रमहरूले जापानमा भलिबल खेललाई प्रोत्साहन दिँदै भविष्यका खेलकुद प्रेमीहरूलाई नयाँ दिशा दिनेछन्।





