रिठ्ठे झाँक्री काठमाडौं । पहिचानको लडाइमा होमिनु पर्ने निर्णायक घडिमा आदिवासी समुदायका सभासद्हरुको रहस्यमय प्रस्तुतीले २५० वर्षदेखिको पहिचानको लडाइ प्राप्ति विनानै टुंगीने स्थितिमा पुग्ने पो हो कि भनि आदिवासी आन्दोलनका अगुवा र समुदायका व्यक्तिहरु चिन्तित भएका छन् ।
विभिन्न कालखण्डमा यथास्थितिवाद विरुद्ध गरिएको राष्ट्रिय आन्दोलनलाई समाप्त पार्ने गरी पहिचान सहितको संघीयता अग्राधिकार र जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व विपरीत संविधान आउने स्पष्ट संकेत मिल्न थालेको अवस्थामा पनि संसदमा आदिवासी सभा सदस्यहरु ‘लाटाले पापा हेरेझैं’ गरी आ–आफ्ना मालिकको लालिपफमा लठ्ठ परीरहे ।
ऐतिहासिक पृष्ठभूमिको आधारमा पहिचान सहितको संघीय राज्य बनाउने शताब्दियौ देखिको आन्दोलनको मर्मलाई तुहाउने चलखेल र षड्यन्त्र शुरु हुँदा समेत जनजाति सभासदहरु बेखर रहे ।
यस्तो अवस्थामा “जनजातिहरु जाँडको घ्याम्पा र सुँगुरको खोरभन्दा बाहिर आउन सकेका छैनन्” भन्ने डा.स्वामी प्रपन्नाचार्य उर्फ स्व. काले राईको भनाईलाई चरितार्थ गर्दै विभिन्न राजनैतिक दल संघसंस्था र व्यवसायमा आबद्ध आदिवासी जनजातिहरु जनजातिका साझा सवालमा एक ढिक्का भएर अगाडि बढ्नु पर्नेमा फुट, गुट र आपसी खिचातानीमा रहेर समुदायभन्दा नीहित स्वार्थसिद्ध गर्दै हिड्नु दुर्भाग्यकै कुरा हो ।
यसप्रकारको जनजातीय स्वभावलाई कटाक्ष गर्दै, जनजातिको आचरणलाई खोरको आँची खाने सुँगुरसँग तुलना गरेका छन् विद्वान डा.चीत्रराज उपाध्याय बास्तोलाले । वर्ष १९, अंक ३, मा २०५७ साल भाद्र १४ गतेको छहरा साप्ताहिकमा नीज डा.चीत्रराज उपाध्याय बास्तोलाले “जनजातिहरु आँची खाने सुँगुर हुन् ।” शीर्षक राखी निम्न कुरा उल्लेख गरेको यहाँ स्मरणीय छ । उक्त लेखमा उनले ‘जनजाति भनेको ब्राह्मणवर्गका नोकर हुन् । आची खाने सुँगुर जस्तै बुद्धि हिन भएर ब्राह्मण समुदायकै ईशारामा चल्ने गर्छन् । अर्काको ईशारामा चल्नु अर्काले अह्राय पराएको काम गर्नु यिनीहरुको आचरण नै बनिसकेको छ । जुन कुरा नेपालको इतिहास हेरे मात्र पनि थाहा हुने कुरा हो ।
देखावटी रुपमा र मुखले जनजातिहरु जतिसुकै एक छौ भनेर कुर्लिएपनि भित्रभित्रै चर्केको हाँडीझै एकआपसमा पटक्कै कुरा मिल्दैन, यो नै जनजातिको विशेषता हो । म कामना गर्छु तिमीहरु विवेकशील बन्, अरुलाई गाली मात्र नगर, पत्रपत्रिका पढ, भट्टीमा रक्सीमात्र किनेर नखाउ, तरुनीमात्र नखेलाउ, तास–जुवा मात्र नखेल, विदेश मात्र नजाउ, स्वदेशमा बस, स्वदेशकै सेवा गर ।
तिमीहरु नक्कली आदिवासी होइनौ भने किन विदेशमा मात्र जान्छौं । समस्याले विदेश गएको भन्लाउ, के यहाँ तागाधारी समुदाय भोकै, तिर्खै छैनन्, के तागाधारीहरु सबै अमीरमात्र छन्, भोका नांगा छैनन् ? यसतर्फ गम्भीर बन, सोच । गोर्खा भर्ती केन्द्र बन्द गर्ने कुरा किन गर्दैनौं ।
अरब, कतार, दुवई, जान्नौ किन भन्दैनौं ? हङकङ ग्रीन कार्ड किन लिन तँछाडमछाड गर्छाै । आफ्ना साँझा मुद्दा प्रति कहिल्यै सोच्न सक्दैनौं, पटक्कै मिल्न पनि सक्दैनौं । त्यसैले जनजाति आदिवासी भनेको साँच्चै यो देशको लागि आँची खाने सुँगुर जस्तै हुन भनेको हो मैले । पहिला माथिका कुरा मनन् गर अनिमात्र मसँग तर्क गर मैले ठिक भनेको बेठीक आत्मलोचना गर्न शिक । उक्त लेखमा डा.चीत्रराज उपाध्याय बाहुनले भनेका छन् ।
छहरा साप्ताहिक (सम्पादक गोपाल छाङछा)