भरतपुर, असोज ३१ । भरतपुर विमानस्थलको धावन मार्ग यसै पनि सानो छ । विस्तार गर्ने सम्भावना पनि छैन । विमानस्थलको दक्षिणपूर्वस्थित प्लटिङमा लाखौं खर्चेर जग्गा खरिद गरेकाहरुको दुःख अझ ठूलो छ ।

विमानस्थलकै कारण जग्गाधनीहरुले घर बनाउन पाएका छैनन् । सोही कारण पुर्पुरोमा हात राख्न विवश छन्, उनीहरु ।

विमानस्थलमा असुरक्षा भएको बताउँदै भरतपुर महानगरपालिकाले घर निर्माणमा प्रतिबन्ध लगाएको छ । नागरिक उड्डयन कार्यालयले स्वीकृति दिए मात्र भवन निर्माण गर्न सकिने महानगरको निर्देशन छ ।

जग्गा बिक्री गर्न पनि पाएका छैनन्, उनीहरुले । प्रतिबन्धित इलाकामा क्रेता पाइने कुरै भएन ।

बाबुराम अधिकारीसहित पाँच जना जग्गा कारोबारीको समूहले कित्ताकाट गरी बिक्रीको सार्वजनिक सूचना निकाल्यो । युनिक ग्रुपका नाममा उनीहरुले यसको कारोबार गरे । दुई सय ६० वटा कित्ता बिक्री गरिएकामा ९० वटामा घरसमेत बनेका छन् । उक्त समूहले मिनी मार्केट र मन्दिरका लागि भनेर छुट्याइएको जग्गासमेत बिक्री गर्‍याे ।

भरतपुर १० स्थित विमानस्थल आसपास (राजमार्ग दक्षिण)मा घर नक्सा पास रोकिएको चार वर्ष बित्यो । १० मंसिर ०७० देखि थप संरचना निर्माण गर्न सर्वसाधारणले पाएका छैनन् । केही पहुँचवालाले भने घर निर्माण गरेका छन् ।
श्रोत अनलाइन खबर

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय