काठमाडाैं- भाषाविद अमृत याेञ्जन तामाङले प्रदेश ३ की उपसभामुख राधिका तामाङलार्इ साम्प्रदायिकताविरूद्द निरन्तर लड्न अनुराेध गरेका छन् । उपसभामुख तामाङले अादिवासी जनजातिले गाइ गाेरू खाँदा कानुन नलाग्ने कानुन ल्याउन पहल गर्ने बताएपछि हाल सर्वसत्तावादीहरूले तामाङकाे विराेध गर्न थालेपछि भाषाविद तामाङले सामाजिक सञ्जालमा स्टाटस लेख्दै साे कुरा बताएका हुन् ।
तामाङकाे स्टाटस जस्ताकाे तस्तै ।
राधिका तिमी लड । एक मुठी साँस रहेसम्म सर्वसत्तावादी, साम्रदायिक बाहुनबादविरूद्ध लड। राधिका तिमी आफ्नो विचारबाट पछि नहट। डटेर लड। तामाङ भावी पुस्ताले तिमीलाई सम्झिरहने छ। बाहुनबादविरूद्ध लड। नुवाकोटका पोक्ची तामाङ पनि २०१६ सालमा सम्प्रदायिकताविरूद्ध लडेर सहिद भएकी थिइन्। हामी यसै वर्ष उनको शालिक बनाउँदैछौ।
Radhika Tamang You are bold since childhood. Be bold. Tamang offerings will always remember you.
“म्हेला स्या थेन म्हाला कान
घाइमा धे ताला म्हान्बा राङ।”
(गोरुको मासु धानको भात
कहिले पो होला सत्ता साथ ।)
राणाकालीन तामाङ पूर्खाको आकांक्षा थियो यो । उनीहरूको इच्छा गोरूको मासु र धानको भात खाने थियो । हिन्दूहरूले तामाङ जातिका साराका सारा उब्जाउ भूमि खोसेर, हामीलाई भूमिहिन र हरिकंकाल मात्र बनाएन, सत्ताको कमारो बनाएर राखे। हामीलाई यिनैका पूर्खाले “मासिने मतवाली” बनाएका हुन्। हाम्रा बाँकी भूमि पनि जागिरको रूपमा, विर्ताको रूपमा यिनैका पूर्खाले लुटेका लिए। हाम्रा चेलीलाई घरघरमा दर्बारमा दासी बनाउने यिनैका पूर्खा हुन्। तामाङ चेलीलाई भारतका कोठीमा पुर्याउने कार्यको सुरूङ यिनैका पूर्खाले खनेका हुन्। आज यिनीहरू पानी माथिका ओभानो बनेका छन्।
हामीले सोचेको थियो माओवादीले हाम्रा पूर्खाको यो इच्छा पूरा गर्नेछ। तर माओवादी खाओवादीमा परिणत भए। गणतन्त्र आयो तर लोकतन्त्रलाई हिन्दू कट्ठरपन्थी नश्लवादीहरूले पुन तामाङलाई कमारो बनाउन थालेको छ। यस वर्षको चुनावबाट यो प्रष्ट भइसकेको छ।
तामाङ जो जहाँ छन् सबैले एक जुट भएर तामाङ जातिका राधिकालाई सहयोग गरौ। उनको कदमलाई हरप्रकारले सहयोग गरौ। साम्रदायिक जातिलाई परास्त गरौ। बाहुनवादलाई परास्त गरौ। “राधिका हामी तिम्रोसाथमा छौ” भनौं। Say- “Radhika we are with you.”
राधिकाले के बुझ्नु पर्छ भने म्हे को अर्थ गोरू हो गाई होइन। गोरूको मासु भनौ।
तामाङकाे फेसबुकवालबाट