जापानमा रहेका नेपालीहरुकाे हकहित अनि आपतबिपतमा सहयाेग गर्नै उद्देश्यले सय भन्दा बढी संघसंस्थाहरु स्थापना भइसकेका छन । सकृय ‌रुपमा औलामा गन्न सकिने केही संस्थाहरुले धेरै राम्रा अनि जनहितका लागि बिभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेका छन भने आधाभन्दा बढी संस्थाहरु न्वारण मात्रै गराएर नतमस्तक भएर बसिरहेका छन ।

जापानबासी नेपालीहरुले जापानमा बेलाबखत हुने प्राकृतिक बिपत्ति ताइफु सुनामी भुकम्प महामारी त्यस्तै जापान बासी नेपालीहरुकाे दैनिक जीवनमा आइपर्ने राेजगारकाे समस्या भिषाकाे समस्या भाषाकाे समस्या लगायतका कारण बिभिन्न समस्याहरु झेलिदै आइरहेका छन । जापानबासी नेपालीहरुकाे हकहित र दुखमा साथ सहयाेग गर्ने नाममा ‌खाेलिएका ति संस्थाहरु काेराेना महामारी जस्ताे भयबह अवस्थामा समेत सामाजिक दुरी कायम गरेर वा इन्टरनेट प्रयाेगगरी सामाजिक संजाल लगायत माध्यमहरु प्रयाेग गरी घरैबाट गर्न सकिने गतिबिधिहरु समेत नगरेकाे पाइन्छ ।

जापानबासी नेपालीहरु जाे बिभिन्न समस्याका कारण पीडा अथवा चिन्तामा रहेकाे छ उनीहरुले ति संघसंस्थाहरु सहयाेग तथा राहत नपाएकाे गुनासाेहरु उठेकाे पाइन्छ । अर्काे शब्दमा भन्नुपर्दा याे बिषम परिस्थितिमा जापानबासी नेपालिहरुले एकै साथ धेरै थरिका दुख र पीडाकाे सामाना मात्र गरेनन जापानबासी नेपालीहरुकाे हकहितकाे लागि देखावटी नारा देखाएर जापानमा बेलाबखत आयेाजना हुने गरेका सार्वजानिक समाराेहरुमा राेष्टममा उभिएर चर्काे आवाजमा माइक फुट्नेगरी भाषण गर्ने ति संस्थाका नेत्रृत्वहरुकाे अग्नीपरिक्षा लिने बेलाकाे रुपमा समेत लिएकाे छ ।

जापानमा बर्षातकाे समयमा च्याउ उम्रेसरी संख्यात्मक रुपमा बृद्दि भइरहेका नेपाली संघसंस्थाहरु अधिकांशकाे उद्देश्य जापानमा रहेका नेपालीहरुकाे हकहित र आपतबिपतमा उनीहरुलाइ सहयाेग गर्नु रहेकाे पाइन्छ । धेरैजसाे संघसंस्थाहरु काे भन्दा काे कम भन्ने हिसाबले बेलाबखत रऔपचारिक कार्यक्रमहरु संचालन गर्ने गरेकाे पाइन्छ । देखासिकी अनि केही सीमित ब्यक्तिहरुलाइ फाइदा पुग्नेगरी संचालित ति संघसंस्थाहरुले जापानबासी नेपालीहरुकाे निम्ति उद्देश्यमुताबिककाे कार्यहरु गर्न सक्याे कि सकेन भनेर आत्ममुल्यांकन गर्ने बेला आएकाे छ ।

जापानमा नेपाली गतिबिधिहरुलाइ सुचनाकाे माध्यमबाट सुसुचित गराउन करिब १ दर्जनभन्दाबढी नेपाली अनलाइन पाेर्टलहरु संचालित छन । यहाँ सकृयरुपमा केही नेपाली सामाजिक संघ संस्थाहरुले गरिदै आएका गतिबिधि संघसंस्थामा सिर्जित बिभिन्न समस्याहरु अपारदर्शिता संस्थाकाे बिभिन्न पदमा रहेर बदनाम तथा बेइमानी गर्ने ब्यक्तिहरु
नेतृत्वमा रहेका ब्यक्तिहरुबाट भए गरेका गल्तिहरुकाे सुचनालाइ नेपाली संचारमाध्यमसम्म दिन कन्जुस्याइ गर्ने र मिडियाले त्यस्ता सुचनाहरु समाचारहरु संप्रेषण गरेमा नराम्रा गाली गलैाच गर्ने बिभिन्न चेतावानीहरु दिइदै आएकाे कुरा जापानमा कृयाशील धेरै पत्रकारहरुले भाेगिसकेका छन । याे नैालाे समस्या भने पक्कै हाेइन ।

बिभिन्न चाडपर्व तथा कार्यक्रम इभेन्टहरु आयाेजना गर्ने ति नेपाली संघसंस्थाहरु नेपाली अनलाइनहरुले सित्तैमा बिज्ञापन गरिदिइयेास भन्ने चाहना राखेकाे पाइन्छ । याे आशा राख्नु स्वाभाबिक हाे किनिकि जापानमा रहेका केही अनलाइन संचालकहरुले आयाेजकहरुबाट प्राप्त गरेकेाे कार्यक्रम तथा इभेन्टकाे पेाष्टर सामाग्री सित्तैमा बिज्ञापन गराइदिने अनि त्यही पाेष्टरमा लेखिएकाे एक शब्दपनि नछुटाइ समाचार बनाएर सामाजिक संजालहरुमा ब्यापक प्रचार गराइ दिने कार्यक्रममा नेपालबाट अतिथि कलाकार आउदा ,जापानकाे बिभिन्न ठाँउहरुमा कलाकार तथा नेताहरुलाइ घुमाउदा खेरीकाे तस्बिरहरु सहित समाचार लेखिदिएमा खुसी हुने तर कार्यक्रम सम्पन्न गराउन लागेकाे लागत र कार्यक्रमबाट संस्थाले आर्जन गरेकाे आम्दानी समाचारमा दिने भनेपछि मुन्टाे बटार्ने सुचना दिन आनाकानी गर्नेहरु धेरै रहेकाे पाइन्छ ।

मैले याे प्रसंग यसरी किन जाेड्न खाेजेकाे हाे भने समाज र समुदायकाे बिकास र परिबर्तनमा संघसंस्था र पत्रकार हातमा हात मिलाएर अगाडि बढ्नुपर्छ । संघसंस्थाहरुले चाहे सकरात्मक हाेस या नकारात्मक सुचनानै किन नहाेस तथ्य र बास्ताबिक सुचना दिएर संचारमाध्यममा कृयाशील पत्रकारहरुलाइ सहयेाग गर्नु आवस्यक छ । सं‌स्थाभित्रका जिम्मेवार पदधिकारीहरुबाट हुने गलत गतिबिधिहरु हटाउन संचारमाध्यमलाइ सुसुचित गराउनु आवश्यक छ भनेर बुझ्नु अति नै आवश्यक छ भने पत्रकारहरुले पनि ब्यवसायिक रुपमा सीमित ब्यक्तिहरुबाट संचालित कार्यक्रमकाे आवश्यक्कता भन्दा बढी बिज्ञापन तथा प्रचार गर्ने काम कम गर्दै लैजानुपर्छ । भ्युअर्स, फ्लाेअर्स, लाइक ,कमेन्ट र सेयर कमाउने हाेडबाजी चलिरहेकाे छ तर आफुले संप्रेषण गरेकाे सामाग्रीले जापानबा‌सी नेपालीहरुमाझ कति सकरात्मक सुचना दिन सके भनेर प्रभावकारिता मापान गर्न समेत बिर्सनु हुदैन

। जापानमा नेपालीहरुमा बिशेषगरी भाषा संग संम्बन्धित समस्याहरु ,राेजगार तथा स्वास्थ्य सेवासंग संम्बन्धित समस्याहरु ,भिषासंग संम्बन्धित समस्याहरु पछिल्लाे समय काेराेना भाइरस महामारीले सिर्जनागरेका बिभिन्न समस्याहरु घरेलु हिंसाका कारण पीडित महिलाका समस्याहरु नै मुख्य समस्याकाे रुपमा रहेकाे पाइन्छ । जापानमा रहेका नेपाली संघसंस्थाहरुलाइ यी समस्याहरुबारे राम्ररी जानकारी भएपनि समस्या समाधानकाे लागि प्रयास कम भएकाे भनेर जापानबासी नेपालीहरुले गुनासाे गरेकेा पाइन्छ । सुचना संप्रेषण गर्ने पत्रकारहरुलेपनि अझैपनि समस्यासंग नजिक रहेर यी इस्युजहरुका कलम चलाउन नसकेकाे देखिन्छ ।
समग्रमा भन्नुपर्दा सुचना संप्रेषण गरी जापानबासी नेपालीहरुलाइ आइपर्ने समस्या समाधान गर्न र संघसंस्थालाइ मजबुत र गुणस्तरिय बनाइ दिगाे रुपमा टिकाइराख्न पत्रकार र संघसंस्था बीचकाे सम्बन्ध गर्भिलाे बनाउन ति नै आवस्यक छ । त्यसैले सुचना आदानप्रदान गर्न हामी जापानबासी नेपालीहरु चुकेर हाेइन डटेर अघि बढैा ।

फु्र्वा शेर्पा/ जापान

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय