आगामी मङ्सिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावमा ठुला दलको तुलनामा विभिन्न साना दलबाट लगभग २ दर्जन शेर्पा उम्मेदवार हरुले चुनाव लड्दै छ्न।हिमाली जिल्ला लगायत पहाडका विभिन्न जिल्लाबाट चुनावमा उठाइएका कतिपय शेर्पा उम्मेदवार हरुले दलहरुको लहैलहैमा नै उम्मेदवारी दिएको राजनीतिक शेर्पा बिष्लेषकहरु बताउछ्न।निर्बाचनमा हार्ने सम्भावना हुँदा हुँदै पनि किन उम्मेदवार बनाइए त? सबैको चासोको बिषय बने पनि ठुला दलले अवसर नदिनुनै यसको प्रमुख कारण हुनसक्छ ।ठुला दलको तुलनामा साना दलहरुले राजनीति नै नगरेका लाइ समेत अवसर दिनु पनि अर्को कारण हुन सक्छ।शेर्पा बिष्लेषक हरु भन्छ्न।” यहाँ हरेक क्षेत्रमा शेर्पालाई खेलौना बनाइदै छ।” ।उसो त पछिल्लो समयमा शेर्पाहरुले समेत राजनीतिमा चासो नदिएका भने होइनन।कुनै समय हिमाल चढ्ने,चौरी गाई पाल्ने र बिदेशी का भारी बोक्ने जात भनेर चिनिने शेर्पा हरु अहिले सचेत बनिसके।संबैधानिक निकायदेखी हरेक क्षेत्रमा अहिले शेर्पाहरुको समेत प्रतिनिधित्व हुन थालेका छ्न। जात बिशेष भन्दा पनि ब्यक्ती को योग्यता लाई मध्यनजर गर्दै अब शेर्पाहरुले समेत आफ्नो अधिकारको लागी लड्ने बेला आइसकेको छ। यहाँ केहि पुजिबादी सोच भएका २/४ जना शेर्पाहरुलाई अवसर दियो भन्दैमा शेर्पाहरुले अधिकार पाएको भन्न मिल्दैन।दलगत स्वार्थ भन्दा पनि स्वच्छ राजनीति गर्ने हो भने शेर्पाहरुले उम्मेदवारी दिनु राम्रो कुरा हो। होइन भने शेर्पाहरुको उम्मेदवारी “कागलाई बेल पाक्यो हर्ष न बिस्मत” नहोला भन्न सकिन्न।
पि डी शेर्पा
चर्चित अनलाइन खबरका संचालक हुन
Source:charchitkhabar