
सगरमाथामा १६ जनाको ज्यान लिएको एक दुखद घटना जसले सम्पुर्ण शेर्पाहरूको एकक्रृत समुदाय एवं स्थानीय पर्वतारोहीहरूको मुटु नै हल्लाइ दिएको थियो । तसर्थ, बौद्ध मार्गीहरूको रुपमा यो एक प्रकृतिक घटना वास्तवमै सगरमाथाको कालो दिन, सथरमाथाको देवी रिसाएको दिन र यसै कारण तीनलाई एक्लै छोड्नु उत्तम छ भन्ने विश्वास गरिएको थियो । यो एक पुर्ण रुपमा प्राकृतिक निर्णय थियो । एक अप्राकृतिक र सम्पुर्ण रुपले अस्वीकार्य कुरा त के थियो भने नेपालको केही पर्यटन कम्पनीहरू र सरकार अझै पनि शेर्पा पदप्रदर्शक हरूलाई हिमाल आरोहण मै फर्कनका लागि जोड गर्दै थिए । यस्तो लाग्थ्यो नेपाल सरकार र टे«किङ कम्पनीहरूका लागि १६ जनाले ज्यान गुमाएको पर्याप्त छैन । सो नागरिकहरूले शेर्पा पदप्रदर्शकहरूको जीवनसगैँ खेलवाड गरिरहेको तीनीहरूले सहज रुपमा लिएको देखिन्छ ।
यदि पश्चिमी पर्वतारोहीहरू र ग्राहकहरू यस अवधीमा सगरमाथा आरोहणलाई निरन्तरता दिन चाहनुहुन्छ भने सबै कारणले कृपया एक अतिथि बनिदिनुहोस् । हाम्रा शेर्पाहरूलाई तपाईहरूका अगाडी जान डोरी र भ¥याङहरू मिलाउनका लागि मात्र नभन्नु होस् अथवा तपाईको काठमाडौँ स्थित टे«किङ एजेन्सीहरूलाई तपाइको आफ्नो पर्वतारोहण सम्पन्न गर्न पदप्रदर्शक शेर्पालाई आरोहण मै जानका लागि आग्रह गरिदिनु पनि नभन्नु होस् । हामीले यो वर्ष हाम्रो परिवारको १६ सदस्यहरू गुमाइ सकेका छौँ र हाम्रो लागि यो एउटा दुखद घटना हो ।
जिवनको मुल्य
यस दुघटनाको पहिलो चरणले बास्तवमै मुल्यवान जीवन लागि सकेको छ । भावनात्मक र आर्थिक रुपमा पछि परेका ती परिवारहरूले दीर्घकालसम्म नै सहनु पर्ने चोटलाई दुर्घटना पछिको दोश्रो चरणले निरन्तरता दिनेछ । धेरै जसो आरोही पदप्रदर्शकले आफ्नो साना उमेरका परिवारलाई छोडेर गएका छन, जसले आफ्नो लागि सबै आफैले नै हेर्नु पर्नेछ । यी परिवारहरूले ११ लाख रुपैँया जति बीमा प्रकृया पछि प्राप्त गर्नेछन् जब की रु ५ लाख जति त मृत आत्माको शान्तिका लागि सामान्य रुपले अन्त्यष्टि र पुजा पाठ गर्दा नै खर्च हुनेछ ।
एक शेर्पा पदप्रदर्शकको जीवनको मुल्य एक लाख मात्र सामान्य रुपममा कायम गरिनु एक
व्यवस्थापन र स्वामित्वमा छन् अझ आदिवासी शेर्पाहरूका । सबै पश्चिमीहरू, विशेष गरि अनुभव हिन, “शिल्ड” पर्वतारोहीहरू नेपाल सरकारले दोषी बनाइयो वा मिडिया, मुख्य जिम्मेवारले ट्रेकिङ कम्पनीहरूसँग झुट गर्नु प¥यो । जो सधै जसो नाफाका लागि खडा हुन्छन् यी कम्पनीहरूले सरकारले निर्धारण गरेको ११ लाख मात्र हस्तान्तरण गरे र बीमा रकम बढाएर २३ लाखको बहन हुनेगरि प्रति शेर्पा रु २० हजार खर्च गर्न भने अस्वीकार गरे यिनीहरू तीनै कम्पनीहरू हुन जसले नेपाल सरकार समक्ष स्पष्ट रुपमा सगरमाथामा भीड बढाउन र तिनीहरूको मुनाफा बृद्धि गर्नका लागि सगरमाथा आरोहण शुल्क २५००० डलरबाट धटाएर रु ११ हजार डलर पु¥याउन यसै बर्ष सफलतापुर्वक लविङ गरे । ७० को दशकको शुरुमा एक हिमालमा मेरो काकाको मृत्यु भयो वहाँको बीमा प्रकृयाको रकम रु १ लाख थियो । जुन अहिलेको अनुसार १० प्रतिशत मुद्रास्फिती समायोजना सहित कम्तीमा पनि ४५ लाख हुनुपथ्र्यो ।
उच्च जोखिम
प्रत्येक सिजनमा शेर्पा गाइडहरू ३ देखि ५ लाखसम्म कमाई गरेर एक सभ्य जीवन बनाउछन भनेर केहीले तर्क गरेका छन । पहिलोे यिनीहरू विश्वमा सर्वोउत्कृष्ट पर्वतारोहीहरू हुन् र पश्चिमका उत्कृष्ट पर्वतारोहीहरू पनि हिमालयमा आउदा शेर्पा पर्वतारोहीहरू कै साथ लिन्छन । दोश्रो यो कार्य थुप्रै जोखिमले भरिपुर्ण पेशा हो जसलाई यगतकष्मभ mबनबशष्लभ ले ‘यसलाई संसारमा अत्यधिक खतरानाक पेशाको रुपमा परिभाषित गरिएको छ, वास्तवमा पहिलो चार बर्षको इराक युद्धको समयमा अमेरीकी सैन्यहरूको भन्दा पनि साढे तीन गुणा बढी जोखिम ।’ संसारमा यस्तो कुनै अर्को काम छैन । जसले यस्तो उच्च दरमा कामदारको मुत्यु वा घाइते हुन दिन्छ । सगरमाथा आरोहणहरूमा पश्चिमेली आरोहीहरू पनि संलग्न हुन्छन र तिनीहरूले शेर्पा पदप्रदर्शकले भन्दा बढी नै सुरक्षित कार्यहरू सम्पादन गरेर प्रत्येक सिजनमा ५० लाख जति कमाई गर्छन तसर्थ यो पेशासँग गासिएको जोखिमहरू अनि बीमा बापतको अपर्याप्त ११ लाख रुपैयाको संयोजनले आरोहीहरूको परिवार तथा बालबच्चहरूलाई अपुग हुनेछ ।
चक्रको अन्त्य
सगरमाथा शेर्पा पदप्रदशकहरूको सुरक्षाको सम्बन्धमा हामीले इमान्दारी र खुलेर छलफल गर्नुपर्ने यो उच्च समय हो र बीमा प्रकृयाको सम्बन्धमा पनि जसले बाँकी रहेका परिवारका सदस्यहरूलाई यस्ता कुनै दुर्घटनाका चोट पर्दा सहयता पुगोस् । ट्रेकिङ कम्पनीहरूको कमजोरीपना अनुरुप सरकारको तर्फबाट नै एक ठोस र व्यवहारिक समाधान आउनु पर्छ । पवर्तारोही गाइडहरूको लागि सुरक्षित कार्य वातावरण श्रृजना गरि जोखिम न्युनिकरण गर्न सरकारले कडाइका साथ निति नियमहरू लागु गर्नु पर्दछ ।
उच्च अनिर्वाय बीमा व्यवस्था लागु गर्नुपर्छ, जसले न्युनतम ४५ लाख रुपैयाको निर्धारण होस् । तिनीहरूको आफ्नो आरोही पदप्रदशकको एक समुदायले सरकार, उनीहरूको ग्राहक रोजगारदाता कम्पनी कसैबाट पनि प्रभावित नभएको एक दरिलो सघंको स्थापना गर्नुपर्दछ ।
जबसम्म सगरमाथा त्यहा उभिएर रहन्छ तवसम्म सधै शिखरमा पुग्ने महत्वकांक्षी मानिसहरूमा रही रहन्छ र यसको अर्थ सगरमाथाको भिरालोमा शेर्पा पर्वतारोहीले सधै परिश्रम गरिरहेको हुनेछ । हताहातीहरू निश्चित नै हुनेछन । तसर्थ, यस्तै दुर्घटना फेरी पनि हुदैन भनी हामी भन्न सक्दैनौ । परिवारको एकल कमाइ गर्नै व्यक्ति गुमेर बाकीँ रहेका विधुवा तथा टुहुरा बालबालिकाहरू बस ठिक हुन्छ भनी हामी आश्वासत हुन सक्दैनौँ । कुरा के हो भने हामी सबै सधैसगैँ काम गछौँ र यस विपत्ति भन्दा बाहिरका सकारात्मक कुराहरूको श्रृजना गर्नु जरुरी छ । हामीले यस विपत घटनालाई यस्तो एउटा मोड बनाउनु पर्छ, यस पछि सगरमाथा शुल्क तिर्ने ग्राहकहरू तथा पश्चिमी पर्वतारोहीहरू मात्र नभएर स्थानिय पर्वतारोहीहरू पनि बढी सुरक्षित हुन्छन । अनि अनुमान योग्य विगतले धक्का दिदा पनि पिडित परिवारले कम्तीमा पनि आर्थिक रुपले उचित हेर विचार हुनेछ । हामी पनि रसियन नागरिकले अझै पनि शेर्पाको जीवनसँग खेलवाड गर्ने अनुमाति दिन सक्दैनौँ
कर्साङ शेर्पा सोलुखुम्बु खुम्जुङ