Advertisement


१७ मंसिर – तिब्बत र नेपालमा लोकप्रिय काल्पनिक कथाका रुपमा रहेको एसियाका सुदूर पर्वतीय क्षेत्रमा दैत्याकार बाँदरजस्तो जीव रहन्छ, जसलाई हामीले ‘यती’ का रुपमा चिन्दै आएका छौं । परापूर्व कालदेखि यती हिममानव हुन्छ भन्ने मानिँदै आएको छ । तर यसको वास्तविकताबारे भने कसैलाई थाहा छैन ।

अहिले भने उक्त हिममानवको औंठाछाप पत्ता लागेको वैज्ञानिकहरुले जनाएका छन् । अब हिउँमान्छेको शरीरको केही भाग भेटिन्छ कि भन्ने आशा पनि वैज्ञानिकले विश्वास गरेका छन् ।
अमेरिकी जीववैज्ञानिक शार्लड लिन्डक्विस्टको नेतृत्वमा गरेको शोधकर्ताको एक टोलीले आफूहरुले यती र उसको अन्त्य हुनुको रहस्यलाई पत्ता लगाएको बताएका छन् । उनीहरुले के पनि भनेका छन् भने, यतीलाई काल्पनिक मान्नेहरुलाई यसले निराश पारिदिनेछ ।

जाँचमा के पाइयो?
न्यूयोर्कको बफेलो स्कुल अफ साइन्सका प्रोफेसर र सिंगापुरमा नानयांग टेक्नोलोजिकल युनिभर्सिटीका भिजिटिङ प्रोफेसर लिन्डक्विस्टले यतीको अवशेषको डिएनए टेस्टका माध्यमबाट विश्लेषण गर्दा यती हुनसकने बताएका हुन् । ती अवशेषको नमूनामा हात, दाँत, हातको छाला, कपाल आदि पाइएको थियो । जसलाई तिब्बत र नेपालका हिमाली भेगमा पाइन्छ भनेर भन्ने गरिन्छ ।

लिन्डक्विस्टले भनेका छन्, ‘जाँचको दौरान नौ नमूनामा एक कुकुर निस्कियो भने अन्य सबै भालुका प्रजाती थिए ।’

उनले यस क्षेत्रका भालुमा यतीको जैविक आधार मिलेको बताएका छन् । उनले आफूहरुको शोधले अनुवांशिक रहस्यको उजागर गर्न सक्ने बताएका छन् । साथै आफूले यतीबारेको धारणाको खण्डन गर्न नखोजेको, बरु सोध गरेको नमूनाका आधारमा यस्तो निष्कर्ष निकालेको बताएका हुन् ।

– lokantar

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय