ताप्लेजुङ २६, फागुन मिङमा शेर्पा पाङकर्मा
बिगतको बर्ष झैँ यस बर्षा पनि त्रि-सम्पन्न शेर्पा युवा क्लब थुकिमा (फुन्सुम छोक्पा शेर्पा ज्येन्दा थुन्छोग) द्धारा मे मो च्या-लो २१४४ औं ग्याल्पो लोसारको अबसर पारी १९ गते देखि सुरु भएको महिला फुटबल तथा पुरुष फुटबल, भलिबल अन्तर गा. बि. स स्तरीय खुल्ला खेल ९ दिन पछि हिजो सम्मान भएको छ । २०५३ सालमा स्थापना भएको यस क्लब ताप्लेजुङ जिल्लाको शेर्पा समुदायको जिल्ला खेलकुदमा पहिलो दर्ता गरीएको क्लब भनेर चिनिन्छ । सहभागी पुरुष फुटबल तर्फ ३७ टिम, महिला तर्फ १४ टिम र पुरुष भलिबल तर्फ १२ टिमका क्लब तथा सस्थाको सहभागी भएको क्लबका सचीव दावालेन्डुक शेर्पाले जानकारी दिनु भएको छ । पुरुष फुटबल तर्फबाटको खेलमा नाल्बु -५ बिजेता भएको छ भने उपबिजेता हुँदै दोस्रो स्थानमा ओरकदेन युवा क्लब थुकिमा -८ हुन सफल भएको छ । महिला तर्फको फुटबल खेलमा प्रथम, दोस्रो स्थान आयोजकको फल्टोमा परेको छ भने भलिबल तर्फ मेरिङ्देन युवा क्लब प्रथम भएको छ भने दोस्रो स्थान आयोजककै पल्टोमा परेका छन । प्रथम दोस्रो स्थान हासिल गर्ने क्लब तथा खेलाडीहरु लाई नगत रासी कप, प्रमाणपत्र र विभिन्न सघ सस्थाका प्रतिनिधिहरुको उपस्थितिमा समारोह कार्यक्रम द्धारा सम्मानित गरिएको क्लबका अध्यक्ष तेन्जिङ लामासेर्पा बताए । खेल सुरु हुनु दुई दिन अघि किपा छ्योलिङ गुम्बाका ब्यबस्थापन समितीको नेतृत्वमा ग्याल्पो लोसार शुभकामना आदानप्रदान कार्यक्रम विशेष पुजा पठा, श्यब्रु नृत्य सगै लोसार कार्यक्रम सम्पन्न भएको बताएका छन ।
ताजा समाचार
लोकप्रिय
© 2025 Afnai News सर्वाधिकार सुरक्षित