साेनाम ल्हाेछार र ग्याल्पाे लाेसारकाे अवसरमा जापानकाे सेन्दाईमा संयुक्त लाेसार साँझ र संस्कृतिक कार्यक्रम हुने भएकाे छ । आउदाे १० तारिक शानिबार हुने कार्यक्रम प्रवासी तामाङ तथा शेर्पा विधार्थी समाजले संयुक्त रूपमा आयाेजना गरेकाे जनाएकाे छ ।

अध्ययन र राेजगारीकाे सिलसिलामा विदेशीएका नेपालीहरू आफनाे चाडपर्व र संस्कृतिलाई बिर्सन नदिन विगत बर्षबाट संयुक्त रूपमा लाेसार कार्यक्रमकाे आयाेजना गर्दै आएकाे आयाेजक समितिका छिरिङ नुरू शेर्पा बताउछन् । गैर आवासीय नेपाली महासंघ क्षेत्रिया समिति सेन्दाईकाे सह सचिव समेत रहेकाे शेर्पाले भने ” हामी संख्यात्माक रूपमा थाेरै भएकाे तमु, साेनाम र ग्याल्पाे लाेसारलाई संयुक्त रूपमा मनाउदै अाएकाे छाै”।

त्यस्तै आयाेजक समितिकाे चन्द्र बहादुर तामाङले प्रवासमा आफ्नाे संस्कार र संस्कृतिलाई जागृना गर्दै ल्हाेछार मनाउन पाउनु गर्वकाे विषय भएकाे बताए । त्यसै गरी प्रवासमा आदिवासीहरूकाे आफ्नाे मैालिक चाडपर्व मनाउनुपर्ने र आफ्नाे पराम्परा जाेगाउनुलाई जाेगाउनु पर्ने आयाेजक समितिकाे अर्काे सदस्य आङ गेल्बु शेर्पाले बताउनु भयाे ।
“हामीले विगत झै यसपाली पनि संयुक्त रूपमा मनाउने तयारी गरीरहेकाे छाै, हाम्राे तयारी पुराभई सकेकाे छ । सबै ल्हाेछार प्रेमीहरूमा शुभकामना आदानप्रदान र मनाेरान्जनका लिई दिनुहुन समितिका सदस्य द्वय निमा तामाङ र छिरिङ तामाङ आग्रह गरेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय