के हो सशत्र प्रहरी, को हो सशत्र प्रहरी ?
सशत्र प्रहरी स्थापनाको छोटो समयमै देशको सुरक्षामा सवल उपस्थिति जनाउन सफल देशकै कान्छो सुरक्षा संगठन हो । सिमा सुरक्षा भूकम्प र बाढी पहिरो जस्ता गम्भिर ठाउहरुमा आफ्नो ज्यानको बाजी राखेर जनतालाई बचाएको संगठन सबैको आँखाको नानी छ । यहि गौरबशालि संगठन पछिल्लो केहि समय भने लगातार बिबादमा तानिएको छ ।
जनताको आँखामा नानि तर संगठनमा मनोमानी
एकातिर संगठनका अबकाश प्राप्त अधिकांश महानिरीक्षकहरु भ्रस्टचारको मुद्दामा मुछिएर अदालत धाउनको चटारो छ भने अर्को तिर संगठन भित्रकैलाई आफ्नो स्वार्थ पुरा गर्नको लागि सिंगो संगठन धराशाही पार्न भ्याई नभ्याई छ । कुल ३८००० हाराहारी जनशक्ति रहेको अर्ध सैनिक प्रकृतिको यो सुरक्षा संगठन कहिले नेपाल प्रहरीसंगको पक्राउपुर्जी बिबाद तथा कहिले आन्तरिक ब्यबस्थापनको सिकार हुदै आएको छ। नेतृत्वमा हुनुपर्ने साङ्गठनिक अडान तथा दुरदर्शिताको अभाबमा संगठन जहिले पनि सिमित व्यक्तिहरुको स्वार्थपूर्तिको माध्यम बन्दै आइरहेको छ। समग्र सशत्र प्रहरी बलका कर्मचारीहरुको हितलाई भन्दा सिमित तथा शक्तिकेन्द्र नजिक व्यक्तिहरुको स्वार्थमा चल्नाले सशत्र प्रहरी महानिरीक्षक तथा सशत्र प्रहरी बल नै बिबादमा तानिने गरेको छ।
सामान्यतया फौज नेतृत्व अनुसार चल्ने हुन्छ र फौजको प्रभावकारिता नेतृत्वमै निहित रहन्छ तर यदि नेत्रित्वनै असक्षम भैदियो भने संगठनले आशा अनुरुप र रास्ट्रले सोचे अनुरुप प्रतिफल दिन सक्दैन।
हामीले केहि समयदेखि सशत्रको गतिविधिलाई निरन्तर फलो गरिरहेका छौ । यहि अनुरुप यतिबेला नेपाल प्रहरीको सुडान घोटालाको जस्तै तर भिन्न रोग सशत्र प्रहरीमा पनि गम्भीर ढंगबाट लागेको छ ।
नया सुडान घोटालाको नालीबेली
कुरा अलि अगाडिको हो, साउथ सुडानमा खटिजाने एफ.पी.यु मिसनको लागि चाहिने ए.पी.सी खरिदको लागि ‘जय हनुमान ट्रेडर्स’ले ठेक्का पाएको थियो तर उपरोक्त ट्रेडर्सकै प्रोपाइटर राजमान मिश्रले समयमा ए.पी.सी उपलब्ध गराउन नसक्दा उक्त ठेक्का रद्द भयो ।
केहि समयको अन्तरालमा जिल्ला अदालत काठमाण्डौमा निजद्वारा मुद्दा दर्ता भएपछी उक्त मुद्दाको फैसला ए.पी.एफ को पक्षमा भएको थियो तर मिश्र जिल्ला अदालतको निर्णयबाट सन्तुस्ट नभएपछि पुनराबेदन अदालत गए । पुनरावेदनमा उनको आफ्नो पक्षमा फैसला भएपछी ए.पी.सी आफुले खरिद गर्न पाउनु पर्ने भनि ए.पी.एफ लाइ दवाब दिदै आएका तर ए.पी.एफद्वारा सर्वोच्च अदालतमा सो मुद्दाको पुनरावलोकनको लागि पुन मुद्दा दर्ता हुदा सर्वोच्चको पुनरावलोकन अनुमति आदेश बमोजिम अहिले मिश्र यो प्रक्रियाबाट बाहिर छन् ।
यी सबै घटनाक्रमहरुमा सशत्र प्रहरी बलकै ए.आइ.जी पुष्पराम केसी, डि.आइ.जी चिरन्जीवी अधिकारी, एस.एस.पी अभि खत्री तथा डि.एस.पी युवराज अर्याल सगठनको हित भन्दा ठेकेदारको पक्षमा लागेर लबिङ्ग गरिरहेको हामीलाई महानगरीय सशस्त्र प्रहरी कार्यालयका एक उच्च अधिकारीले जनाए।
ब्यक्तिगत स्वार्थको लागि सगठनको हितमा हस्ताक्षर गर्न मानेनन् एआइजी पुष्पराम
गत हप्ता बसेको सशत्र प्रहरी बलको पी.एस.सी मिटिङ्गमा साउथ सुडान पठाउन पर्ने ५ ए.पी.सी मध्य दुइ ओटा ए.पी.सी नेपाली सेनासंग खरिद गरि पठाउने र बाँकी ३ ए.पी.सी बाहिर खरिद गरि पठाउने बिषयमा ए.आइ.जी पुष्पराम केसीले नेपाली सेनासंग खरिद नगरी ठेकेदार राजमान मिश्रलाई नै खरिद गर्न दिनुपर्ने अडान लिएर पी.एस.सी मिटिङ्ग्को निर्णयमा हस्ताक्षर गर्न इन्कार गरेका छन्।
सशत्र प्रहरि बलको सुडान मिसनमा आवश्यक मात्रामा ए.पी.सी तथा अन्य साधनहरु समयमा नपुगेको कारणले गर्दा कर्मचारीहरुले पाउने व्याक्तिगत रकमबाट संयुक्त रास्ट्रसंघले पैसा काट्ने गरेको छ। जसको कारण बार्षिक २ देखि ३ करोड रुपैया सशत्र प्रहरी बललाई घाटा लाग्ने गरेको छ। केसीले आफुलाई पाउने कमिसनको आशा तथा व्यापारीले आफुलाई आइ.जी.पी बनाइदिने लोभमा संगठनमाथि नै धब्बा लाग्ने काम गरेका छन् ।
नाम पुष्पराम, काम संगठनको बदनाम
निज पुष्पराम एआइजिमा बढुवा हुदा देखि नै सगठनको बिधान मिचेर शक्तिकेन्द्रको पुजा आराधानामार्फत आफु भन्दा सिनियरलाई तल पार्न माहिर छन् । महानगरीय सशस्त्र प्रहरी कार्यालयका एक उच्च अधिकारीका अनुसार उनि आफु भन्दा सिनियर तत्कालिन डिआइजि नारायण बाबु थापा (हाल एआइजी )लाइ आरजु राणाको भनसुनमा मुख्य सचिवको सहारामा थापालाइ पछि पार्दै आफु १ नम्बरमा प्रमोशन भएका थिए।
उनका सशस्त्रमा मुख्य कर्तुतहरु यस प्रकार छन्
१ उनि हाल कार्यबिभाग प्रमुख छन्, अलि अगाडी सशस्त्र प्रहरी बलको प्रधान कार्यालयकै लेखास्टोरमा आगलागी भयो। उक्त आगालागीमा सामान्य हवल्दार र सइ स्तरको कर्मचारीलाई दोषी देखाएर उनि स्वयम् आफु जिम्मेबारीबाट बन्चित भए । जबकी उक्त कार्यालयको सुरक्षाको सम्पूर्ण जिम्मेबारी उनकै प्रमुख दायित्व थियो । त्यो बेलाको आगलागी यस अघि भ्रस्टाचारको मुद्दामा अदालात धाइरहेका पुर्व आइजीपीहरुको रेकर्ड जलाउने सुनियोजित योजना थियो भनेर समाचारहरु धेरै आएको पाइन्छ ।
२. उनले आफ्नो ब्यक्तिगत स्वार्थ र कमिशनको लागि आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर हस्तक्षेप गरेको आरोप पनि उनलाई सशत्र भित्रबाट लाग्ने गरेको छ । जस्तो उनले आफ्नो कार्यबिभागको जिम्मेबारी छोडेर प्रशाशन बिभागको जिम्मेबारी अन्तरगत रहेको रासन/हाजिर /पिटिपरेड र बिदाको रेकर्ड आफ्नो विभागमा मगाएर अनियमित हस्तक्षेप गर्ने गरेका छन् ।जसको लागि उनले कार्यबिभागमै अनुगमन साखा स्थापना गरि हस्तक्षेपको शृंखलालाइ बैधानिक बनाउने दुष्प्रयास गरेका छन् । उनले प्रधान कार्यालयको गेट कन्ट्रोलमा समेत अनावस्यक हस्तक्षेप गरेर सशस्त्र प्रहरीका कर्मचारीलाई मात्र नभई आम नागरिकलाई समेत दुख दिने गरेका छन् ।
३. अलि अगाडी मात्र सरकारले हचुवाको भरमा बढुवा गरेका ५ ए.आइ.जी हरु अहिले फाजिलमा परेका छन् । जसको कारण उनीहरु घर न घाटको भएका छन् अर्थात न बस्ने कार्यालय न कुनै जिम्मेबारी छ । यिनै ए आइजी हरुलाई उनले फाजिलबाट जोगाउने प्रलोभनमा पारि आफु आइ.जी पी हुने अबैधानिक बाटो समेत कोरिसकेका छन् ।
सगठनकै अधिकारीहरु पुष्परामको राजनैतिक चरित्र छेपारे प्रवृतिको छ भनेर व्यंग्य गर्छन । कांग्रेसको सरकार आउदा भजन गाउन बुढानिलकण्ठ पुग्ने पुष्पराम अहिले बालकोटको साख्खै बन्न हरमग्दुर प्रयास गरि राखेका छन् । उनको यहि चरित्रको कारण पनि उनिसंग आइजी स्वयम् नतमस्तक छन् । आफ्नो झुटो राजनैतिक बल र सस्तो प्रलोभनको सिकार फाली आइजिलाई समेत जालमा पारिसकेका छन् ।
सशस्त्रलाइ सिध्याउने यो पालिको पुष्पराम अस्त्र ,नेपाली सेना र सशस्त्रलाई मुद्दा
विश्वस्त स्रोतबाट बुझिन आए अनुसार नेपाली सेनाबाट सशस्त्रले खरिद गर्न लागेको २ वटा ए.पी.सी बिरुद्द निज राजमान मिश्रले नेपाली सेना र सशत्र प्रहरी बललाई बिपक्षी बनाएर उक्त खरिद प्रक्रिया रद्द गर्नको लागि सर्वोच्चमा मुद्दा हाल्ने तथा स्टे अर्डर लिने तयारीमा छन्। उनलाई यो बाटो देखाउने पथ प्रदर्शक भने उनै पुस्पराम केसी हुन । जसलाई कानुनि रुपमा सशस्त्रकै डी.एस.पी युवराज अर्याल लगायत डि.आइ.जी चिरन्जीवी अधिकारी, एस.एस.पी अभि खत्रीहरुले सहयोग गरिरहेका छन् ।
एउटा ब्यक्तिको सनकको भरमा यसरि सिंगो संगठन बदनाम हुदै छ । उनको कमिसनको चक्करले गर्दा सशस्त्रका नौ जवानहरु आफ्नो गास काटेर संयुक्त रास्ट्रसंघलाइ उल्टो जरीवाना बुझाउन विवश छन् । यस्ता ब्याक्तिलाई संगठनबाट पाखा नलगाए सम्म उक्त संगठन त चुस्त दुरुस्त हुदैन नै यस्ता धमिराहरुले भोलि अर्को ठाउमा पनि बिगार्दा समग्र देशको शक्ति सन्तुलनमा समेत अवाचालन आउन सक्छ ।
अत: सशस्त प्रहरी बलको नेतृत्वले यस्ता बिषय तथा ब्याक्तिहरुलाई गम्भिर निगरानीमा राख्न जरुरि छ ।