काठमाडौ । आजदेखि देशभर मास्क अभियान सुरु हुँदैछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि शुक्रवारसम्म ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मुलनाराका साथ मन्त्रालयले अभियान सञ्चालन गर्न थालेको हो।

मन्त्रालयले मास्क लगाइ मानिसको व्यवहारमा परिवर्तन गर्न अभियान सञ्चालन गर्न थालेको बताइएको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले कोरोना भाइरसबाट बच्न मास्क अभियान सञ्चालन गर्न लागेको बताउनुभयो । जनस्वास्थ्यमा मापदण्ड उल्लङ्घन भएको र मास्क लगाउन पनि लापरबाही गरेकाले स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्त्वबारे जानकारी गराउन अभियान सुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

कोरोना भाइरसबाट बच्न बढी प्रभावकारी उपाय भनेको नै मास्क रहेकाले सबैले अनिवार्य मास्क लगाउनसमेत उनले आग्रह गरे। सङ्क्रमण दिनानुदिन बढे पनि धेरैले सही तरिकाले मास्क नलगाउने गरिएको पाइएको छ।

एक हप्ते अभियानमा मास्क कसरी लगाउने भनेर सिकाइने मन्त्रालयले जनाएको छ। मन्त्रालयकाअनुसार स्वास्थ्य स्वयंसेविकामार्फत गाउँटोलमा मास्कको महत्त्वबारे सिकाइने छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय