
काठमाडौँ । आफ्नो देश भन्दा टाढा बिरानो मुलुकमा रहेर पनि नेपालि गीत संगीतलाइ माया गरेर गायक रेन्जी शेर्पाले आफ्नो आवाजमा पहिलो गीत मेरो स्वर्गको म्युजिक भिडियो दर्शक स्रोताको माझमा ल्यायाका छन् ।
पप शैलीमा रहेको गीत मेरो स्वर्गमा निकै फरक तरिकाले गायका छन् गायक रेन्जीले र अहिले को समयको निकै नै चर्चित संगीतकार हर्कुलस बस्नेतको शब्द अनि संगीत रहेको छ, भने निकै नै चर्चित अनि व्यस्त अरेन्जर र गायक र संगीत संयोजक अल्मोडा राना उप्रेतीको रहेको छ ।
निकै नै लामो समयको मेहनत पश्चात मेरो स्वर्ग गीत सार्बजनिक गरेका छन् । अमेरिका र जर्मनको निकै रमणीय स्थानमा छायांकन गरिएको गीतमा येशी डोल्मा अनि गायक स्वयम्को अभिनय रहेको छ, भने कन्सेप्ट गायक रेन्जी स्वयम् अनि येशि डोल्माको रहेको छ भने सम्पादन अनि छायाकार तथा निर्देशन तेञ्जिङ्ग छिन्ले र सुनिल गुरुङको रहेको छ ।