संसारभर आफ्नो छुट्टै पहिचान बनाउन सफल शेर्पाहरु अहिले आफ्नो भाषा सस्कृति जोगाउन पनि त्यतिकै सक्रिय हुदै गएका छन । निर्देशक सुश्री आङ निमा शेर्पा (कुङ्गा) शेर्पा समुदाय भित्र चिर परिचित नाम बनेको छ भने उनि आफ्नो भाषा सस्कृति पहिचान जोगाउन लागि परेकी छिन । शेर्पा भाषाको चलचित्र समेत निर्देशन गरिसकेकी उनले थुप्रै शेर्पा भाषाको म्युजिक भिडियो तथा नेपाली भाषको म्युजिक भिडियो निर्देशन गरेर निर्माण समेत गरिसकेकी छिन ।
गायक कर्मा शेर्पाको आवाज रहेको शेर्पा भाषाको गीतमा गायकको आफ्नै शब्द रहेको छ भने निर्देशक तथा संगीतकार सुश्री आङ निमा शेर्पा कुङ्गाले संगीत भरेकी छिन । छायाँकार जिबन निरौलाले छायांकन तथा सम्पादन गरेको यस म्युजिक भिडियोलाई शेर्पा म्युजिक वर्ल्डले बजारमा लिएर आएको हो । म्युजिक भिडियो हेर्नुहोस :